युक्रेनको विषयलाई लिएर रुस र अमेरिकी अधिकारीबीच चर्काचर्की

युक्रेनको विषयलाई लिएर रुस र अमेरिकी अधिकारीबीच चर्काचर्की

वासिङटनः युक्रेन सम्बन्धमा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका दूतबीच चर्काचर्की भएको हो । युक्रेनको सीमासँग जोडिएको आफ्नो क्षेत्रमा रुसले सेना परिचालन गरेको छ ।

 सोहि सम्बन्धमा छलफल गर्न अमेरिकाले सुरक्षा परिषद्मा बैठक बोलाएको थियो । सो बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप र चर्काचकी भएको अन्तराष्ट्रिय मिडियामा खबर छ । 
अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले गरेको सैन्य परिचालन युरोपमा दशकौं यताकै ठूलो सैन्य परिचालन भएको बताइएकी छन् । 

यता उनका रुसी समकक्षीले भने अमेरिकाले अनावश्यक उन्माद फैलाएको र रुसी मामिलामा हस्तक्षेप गर्न खोजेको बताएका छन् ।  यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिका र बेलायतले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । 

पछिल्लो समय युक्रेनका कारण पश्चिमा मुलुकहरुबीच तनाव छाइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.