रामजानकी विवाहको प्रसंग समेटिएको ‘पूनी पूनी होत विवाह’ लोकार्पण

रामजानकी विवाहको प्रसंग समेटिएको ‘पूनी पूनी होत विवाह’ लोकार्पण

जनकपुरधाम : ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्राचिन इतिहासमा आधारित रामजानकी विवाहको प्रसंग समेटिएको पुस्तक ‘पूनी पूनी होत विवाह’ लोकार्पण गरिएको छ। मिथिलामा रामजानकी विवाह उत्सव र जानकी रुपी सिताको रामायणसँगको प्रसंगलाई ‘पूनी पूनी होत विवाह’ पुस्तक मार्फत उजागर गरिएको छ। 

पत्रकार तथा साहित्यकार सुजितकुमार झाले त्रेता युगमा भगवान राम र सिताको विवाहको स्मरणमा जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तक मार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो। झाद्वारा मैथिली भाषामा लिखित पुस्तकमा रामजानकी विवाह महोत्सव हुने पौराणिक संस्कृति, महत्त्व र आजको आवश्यकतासहितका विषयवस्तुलाई पुस्तकमा गहन रुपमा पस्किने प्रयास गरिएको छ।

सितारामा विवाहको सम्पूर्ण जानकारी यहाँको भाषा, साहित्य, कला र संस्कृतिक कुरालाई पुस्तकमा समावेश गरिएको छ। विवाहको सम्बन्धमा नेपाली भाषाको आदिकवि भानुभक्त आचार्य, वाल्मिकी, तुलसीदास चन्दा झासहित दश वटाभन्दा बढी रामायणको कथाहरुमा आधारित वृतान्तसमेत पुस्तकमा समावेश गरिएको छ।

पुस्तक समीक्षक तथा विश्लेषक रामचन्द्र झाले पुस्तकको समिक्षा गर्दै ब्राह्मडको नायिका सिता र भगवानको प्रभुतालाई पुस्तकमा गहिरो रुपमा पस्किएको बताए। उनले भने, 'मिथिलाको संस्कृतिक अस्मिताको ध्वजावाहिका जनक दुलारी सिताको विवाहमा आधारित पारम्परिक विधि–व्यवहार र एतिहासिकतासँग जोडिएको विषयवस्तुलाई वर्तमान स्थिति–परिस्थितिको विभिन्न शीर्षक अन्तर्गत संगोपांग विवेचना र विश्लेषण गरिएको छ। पुस्तकले मिथिलाको महिमा मर्यादा पुरुषोत्तम रामको ससुरालीको गौरव र वाल्मिकी कृति ‘रामायण’ को यो पहिलो विवेचना हुनेछ।’

साहित्यकार तथा सह–प्राध्यापक श्यामसुन्दर शशिले ‘पूनी पूनी होत विवाह’ मा केही तथ्य र मौलिकतालाई वर्षौंसम्म अक्षुण्ण राख्न मदत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो पुस्तक पठनीय एवं संग्रहनीय छ। लिखित र अलिखित प्राय: दुवै श्रोतको उपयोगमा ल्याएर ग्रन्तबद्ध गरिएकोमा लेखकलाई बधाइ ज्ञापन गर्दछु।’ 

उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्री शत्रुधन महतोले पुस्तकले सिताराम र जनकसँग सम्बन्धित क्षेत्रहरुको प्रचार प्रसारको लागि विश्व पर्यटनसँग जोड्न पुस्तकले भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘बाहिरी पर्यटकको पर्यटन क्षेत्र सुरक्षितको लागि यो पुस्तकको महत्वपूर्ण योगदान मानिनेछ। यो सँगसँगै पदयात्रा, जलविहार, धार्मिक तथा सांस्कृतिक पर्यटनसहितको आधार बनाउँदै क्षेत्रगत हिसाबबाट सरकार र व्यवसायी दुवैको पहलमा पर्यटन प्याकेज ल्याउन समेत आवश्यक छ।’

पुस्तक लेखक सुजितकुमार झाले खासगरी रामजानकी विवाह महोत्सवमा किन हजारौं तीर्थयात्री वैवाहिक मेला भर्न जनकपुर आउँछन्, धार्मिक उत्सव कस्तो हुन्छ, यसको महत्व र पौराणिक परम्परा सहितको जिज्ञासाको समाधान पुस्तकमा पाउन सकिने बताए। ‘जानकी मन्दिरमा हरेक वर्ष हुने विवाह उत्सवको लौकिक र अलौकिक दुवै थरीको विवाहको आकर्षणलाई पुस्तक रचनामार्फत पाठकलाई जानकारी गराउने छ।’ झाको पुस्तक ‘पूनी पूनी होत विवाह’ लाई नेपाल सरकार संघीय संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा स्थापित विद्यापति पुरस्कार कोष २०७७ सालको मैथिली अनुसन्धान पुरस्कार वापत १ लाख रुपैयाँसमेत प्रदान गरेको छ। पत्रकार झाको यो दशौं कृतिको रुपमा प्रकाशन भएको हो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.