सन्धिखर्कमा १ सय ५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर

सन्धिखर्कमा १ सय ५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिकस्तरको कोल्ड स्टोर बन्ने भएपछि स्थानीय कृषक खुशी भएका छन् । कृषकहरुले उत्पादन गरेको फलफूल तथा तरकारीको सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नम्बर १ को हटारीमा कोल्ड स्टोर निर्माण गर्न थालेको हो । 

पहिलो तलामा २ च्याम्बर कोल्ड स्टोर, दोस्रो तलामा १७ वटा सटर र तेस्रा् तलामा कार्यालय तथा नास्ता पसलसहितको चिस्यान केन्द्र ७ करोड ७९ लाख ४७ हजार २ सय ७ रुपैयाँको लागतमा निर्माण गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफूलहरु मौसमी समयमा कृषकले सस्तो मुल्यमा बिक्री गर्न बाध्य छन् । केही तरकारी तथा फलफूलहरु कुहिएर जाने गरेका छन् । कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूलहरु कोल्ड स्टोरमा राखेर अफ सिजनमा बिक्री गर्दा मनग्य आम्दानी गर्न सकून तथा कुहेर फाल्न कृषकलाई नपरोस् भन्ने उदेश्यका साथ बहु उदेश्यसहितको कोल्ड स्टोर निर्माण गर्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । 

१ सय ५०  मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भएपछि कृषकलाई सहज हुने तथा युवाहरु स्वरोजगारमार्फत आत्मनिर्भर बन्ने नगर प्रमुख भुसालको भनाइ छ । २०७९ साल को चैत १६ गते सम्म काम सम्पन्न गर्ने गरी लुम्विनी अर्घाखाँची जेभीले कोल्ड स्टोर निर्माण गर्ने सम्झौता अनुसारको काम गरिरहेको छ ।

आफूले चाहेको तरकारी तथा फलफूल बेमौसमी समयमा नपाइने तथा पाइएपनि महंगो मुल्यमा किन्न स्थानीय उपभोक्ताहरु बाध्य भएका छन् । चिस्यान केन्द्र स्थापना भएर सञ्चालन आएपछि कृषकहरु मात्र नभै उपभोक्ताहरु पनि लाभान्वित हुनेछन् । 

कोल्ड स्टोर निर्माण भएपछि सन्धिखर्क नगरपालिकासँगसँगै मालारानी गाउँपालिका र गुल्मी जिल्लाको नयाँगाउँ क्षेत्रका सुन्तला उत्पादन कृषकहरु समेत लाभान्वित हुनेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.