भारतमा थप एक लाख ६१ जनामा कोरोना संक्रमण, १७ सयको मृत्यु

भारतमा थप एक लाख ६१ जनामा कोरोना संक्रमण, १७ सयको मृत्यु

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप एक लाख ६१ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण थप एक हजार ७३३ जनाको मृत्यु भएको छ ।   

जबकी अघिल्लो दिन एक लाख ६७ हजार ५९ मा संक्रमण देखिएको थियो। सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको संख्या घटेपनि मृतकको संख्या बढिरहेको बताएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट चार लाख ९७ हजार ९७५ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको हो । भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.