पाँच महिनापछि सार्वजनिकस्थलमा देखा परिन् किम पत्नी
प्योङयाङ : उत्तर कोरियाली शासक किम जोङ उनकी पत्नी पाँच महिनापछि पहिलोपटक देखा परेकी छन् । किम पत्नी रि सोल जु बुधबार पाँच महिनापछि पहिलोपटक सार्वजनिक रुपमा देखा परेकी हुन् ।
उत्तर कोरियाको राजधानी प्योङयाङमा लुनार नयाँ वर्षको अवसरमा आयोजित कला प्रदर्शनी कार्यक्रममा सहभागी हुन किम र उनकी पत्नी जु एकसाथ बाहिर निस्केको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार किम पत्नी रि अन्तिम पटक गएको सेप्टेम्बर ९ मा सार्वजनिक रुपमा देखा परेकी थिइन् । सो समयमा उनी आफ्नी पतिसँग उत्तर कोरिया स्थापना भएको वार्षीकोत्सवको अवसरमा कुमसुसन दरबार घुम्न निस्केकी थिइन् ।