प्रधानमन्त्रीको पुतला दहन

प्रधानमन्त्रीको पुतला दहन

जनकपुरधाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा युवाहरुले जनकपुरमा प्रधानमन्त्री शेरवहादुर देउवाको पुतला दहन गरेको छ। नेकपा एमाले निकट अनेरास्ववियुले बुधबार दिउँसो जनकपुरको जनक चौकमा सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर सरकारको विरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन्।

जनकपुरको शिव चौकबाट निस्केको जुलुस जनकचौक पुगेर पुतला दहन गरेको अनेरास्ववियुका मधेस प्रदेश अध्यक्ष अञ्जना सिवाकोटीले बताइन्। प्रदर्शनकारीहरु स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन यादवले जानकारी दिए।

नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आफूहरु आन्दोलित भएको अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन यादवले जानकारी दिए। यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैँया तय गरेको छ। डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैँया तोकिएको छ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ। यसअघि पेट्रोलको मूल्य ३ रुपैँयाले बढेर १३९ रुपैँया पुगेको थियो। डिजेल र मट्टीतेलमा पनि ३ रुपैँया बढेर १२२ रुपैँया पुगेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.