युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने

युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने

युक्रेनमा रुसको आक्रमणको डर बढ्दै गएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता युरोपमा थप सेना पठाउने निर्णय गरेका छन्। बाइडेनले युरोपको सिमानामा करिब २ हजार सैनिक पठाउने बताए। ह्वाइट हाउसका एक अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीमा समाचार छ।

यी २ हजार सैनिकलाई फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइनेछ । त्यस्तै, जर्मनीमा पहिले नै रहेका १ हजार सैनिक रोमानियामा तैनाथ गरिने छ ।

रुसले भने युक्रेनमा आक्रमणको अनुमान गलत भएको बताउँदै आएको छ। तर युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा रुसले करिब १,००,००० सेना तैनाथ गरेको छ। युक्रेन अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोमा सामेल नहुनुपर्ने माग रुसको छ। 

रुसले दक्षिणी युक्रेनको क्रिमियालाई आफ्नो कब्जामा लिएको आठ वर्षपछि यो संकट आएको हो।  

रुसले युक्रेनले विगतमा शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । युक्रेनको पूर्वी भागमा रुसी समर्थित विपक्षीहरुको प्रभुत्व रहेको छ र सन् २०१४ देखि यहाँ कम्तीमा १४ हजार मानिस मारिएका छन् ।

युरोपमा पठाइने अमेरिकी सेनाहरू युद्धमा संलग्न हुने छैनन्, तर तिनीहरूले अमेरिकाका सहयोगीहरूलाई जोगाउन मद्दत गर्नेछन्। यसअघि पेन्टागनले गत महिना युद्धको अवस्थामा युरोपलाई सहयोग गर्न साढे आठ हजार सैनिकलाई अलर्टमा राख्ने घोषणा गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.