६ महिनामा पनि प्रधानमन्त्री देउवाको सचिवालयले पाएन पूर्णता

६ महिनामा पनि प्रधानमन्त्री देउवाको सचिवालयले पाएन पूर्णता

काठमाडौं : प्रधानमन्त्रीको सचिवालय सरकार गठन भएको यतिका समयसम्म पनि पूर्णता पाउन सकेको छैन। सरकारलाई सफल वा असफल बनाउन सचिवालयको महत्त्वपूर्ण भूमिका हुने गर्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिना बितिसक्दा पनि सचिवालयलाई पूर्णता दिन सकेका छैनन्। 

सरकार बनेको ६ महिना पूरा हुँदा पनि देउवाले सचिवालयमा ६ जनालाई मात्र नियुक्त गरेका छन्। जसमा प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवा, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा, आईटी विज्ञ दीपेश बिष्ट, स्वकीय सहसचिवमा चुँडामणि कँडेल, भाषण मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त गरेका छन्। त्यसो त प्रधानमन्त्रीको सचिवालय ४८ जनाको हुन्छ।

असार २९ गते गठबन्धन दलहरूबाट प्रधानमन्त्री भएका देउवाले असोज २२ मा मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले असोज २२ मा शपथ लिए। हमाल प्रधानन्यायधीशको नाता सम्बन्धमा जोडिएकाले चौतर्फी विरोध आएपछि उनले असोज २४ मा मन्त्री पदबाट राजीनामा दिए। 

रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसको १४औं महाधिवेशनमा पराजय भएपछि राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको छ। अहिले दुवै मन्त्रालय देउवा आपैंmले सम्हालेका छन्। तिनै दुई मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेका छन्।

दुई–दुईपटक संसद् विघटनपछि पुनःस्थापित भएर अति विषम परिस्थितिमा बनेको देउवा सरकारले अत्यावश्यक र महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने गरी पनि कसैलाई नियुक्ति गर्न सकेको छैन। प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएको पाँचौं कार्यकाल हो। उनलाई यसपटक असफल बन्ने छुट पनि छैन। त्यसो त ६ महिनाको समयमा देउवा निकै जोगिएर काम गर्न खोजिरहेका छन्। अहिलेको परिस्थितिमा देउवाले सचिवालयमा नियुक्ति गर्ने व्यक्तिले प्रधानमन्त्री देउवालाई मात्र नभएर पाँच दलीय गठबन्धनको समूहलाई नै प्रतिनिधित्व गर्छ।

सचिवालय गठनको ढिलाइ र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘देउवाजी के हेरेर बस्नुभएको छ थाहा भएन। देश अहिले चौतर्फी रूपमा संकटतिर धकेलिएको उहाँलाई जगजाहेरै छ। अभैm हाँलाई केही बितेको जस्तो लाग्दैन। सचिवालय लथालिंग छ। सचिवालय पूर्ण नहुँदा काम कारबाहीमा देउवाजीलाई नै सकस छ।’

देउवाले आफूसँगै बूढानीलकण्ठमा रहेका केही सहयोगीद्वारा सचिवालयको नियमित काम भने गराइरहेका छन्। प्रधानमन्त्री देउवाले आफ्ना भतिज सहयोगी भानु देउवा, प्रकाश देउवा, वीरेन्द्र थापालगायतलाई दैनिक प्रधानमन्त्रीसँगको भेटघाट सहजीकरणका लागि राखेका छन्। निजी सचिवका रूपमा जनक भट्टले जिम्मेवारी लिएका छन्।

प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटा छन्। देउवाको सञ्चार संयोजकको जिम्मा गोविन्द परियारले गर्दै आएका छन्। परराष्ट्र मामिलामा डा. दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई सहयोग गर्दै आएका छन्। त्यसो त आफ्नो अघिपछि मात्र घुम्ने नभई सम्बन्धित क्षेत्रमा विज्ञलाई नै नियुक्ति गर्ने सुरमा प्रधानमन्त्री देउवा रहेको बुझिएको बालुवाटार स्रोतले बतायो।  

प्रधानमन्त्रीको सचिवालयले छिटै पूर्णता पाउने र सचिवालय गठनबारे तयारी भइरहेको कांग्रेस नेता रमेश लेखकले बताए।  ‘प्रभावकारी ढंगले कार्य गर्ने सक्षम व्यक्तिहरू राखेर प्रधानमन्त्रीको सचिवालय गठनको तयारीमा प्रधानमन्त्री जुटिराख्नुभएको छ।’ 
प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणा, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखकको टिम अहिले देउवासँग छ। यसअघि देउवासँग सबैभन्दा नजिक र विश्वासिलो पात्रका रूपमा उपसभापति विमलेन्द्र निधि थिए। निधिले आफू १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने भन्दै बाहिरिए। 

यद्यपि, अर्का नेता मीन विश्वकर्मा पनि देउवालाई सहयोग गर्ने समूहमा पर्छन्। प्रधानमन्त्री देउवाका अतिनिकट मानिएका उपसभापति खड्का सरकार सञ्चालनमा सहयोग गर्न भनेर सत्ता गठबन्धनले बनाएको कार्यदलको संयोजक पनि छन्। देउवाका हरेक राजनीतिक भेटघाट र गतिविधिमा खड्काले महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन्। 

त्यसैगरी अर्का नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन उपयुक्त पात्रहरूको छनोट भइरहेको बताए। देउवानिकट रहेर पार्टीमा लामोसमय काम गरेकि नेता चित्रालेखा यादव प्रधानमन्त्रीले पार्टीको महाधिवेशनका कारण पनि सचिवालय गठनमा ढिलो हुन गएको बताए। त्यसो त प्रधानमन्त्री देउवाले निजी सचिवालयमा प्रधानमन्त्रीको चौथो कार्यकालमा सहयोग गरेकालाई नै निरन्तरता दिएका छन्। अघिल्लो कार्यकालका प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजकलगायत छन्। 

प्रधानमन्त्रीनिकट एक नेता भन्छन्, ‘प्रधानमन्त्रीजीको यो कार्यकालमा अहिलेसम्म खासै विवादमा हुनुहुन्न। फेरि पनि राणाजीहरूले नै रोजेका मान्छेहरूलाई नियुक्ति दिँदै जानेहो भने फेलर हुन कति बेर पनि लाग्दैन।’ स्रोतका अनुसार प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी छ। पार्टीको महामन्त्री पदमा पराजित भएका महतलाई देउवाले राजनीतिमा आपूm सँगसँगै विश्वास पात्रका रूपमा हिँडाउन चाहेका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ। देउवा भने उक्त मन्त्रालय कांग्रेसकै भागमा पार्न चाहन्छन्। कांग्रेसमै तेजुलाल चौधरी र उमेश श्रेष्ठको नाम उद्योगमन्त्रीका लागि चर्चामा छ। योसँगै नेता प्रकाशमान सिंह र सुजाता कोइरालाको नाम मन्त्रीको लागि चर्चामा छ। 
देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका छन्। सिंह आउन मन गरेनन् भने सिंह निकटका अर्का नेता राजन केसीलाई सिंहले ल्याउन सक्छन्। यता प्रकाशमानले भने चुनावमा आफूले कुनै स्वार्थका हेतु सहयोग नगरेको बताउँदै आएका छन्। 

आर्थिक मामिला सल्लाहकारमा अर्थविद् डा. पोषराज पाण्डे, प्रेस सल्लाहकारमा राजनीति बिश्लेषकसमेत रहेका गेजा शर्मा वाग्लेको चर्चामा छ। जनसम्पर्कमा राम्रो पकड भएका प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई देउवाले जनसम्पर्क सल्लाहकारका रूपमा नियुक्ति गर्ने तयारीमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.