बर्दियामा बस दुर्घटना : ३५ जना घाइते

बर्दियामा बस दुर्घटना : ३५ जना घाइते

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार यात्रुवाहक बस दुर्घटना भएको छ। सडकमा गुडिरहेको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाहिर पल्टिएको हो।

दुर्घटना परी बसमा सवार ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। घाइतेहरुको स्थानीय बाँसगढीमा उपचार पश्चात् २४ जना डिस्चार्ज भएका छन्। ११ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ। 

कालिकोट सानी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी ६९ वर्षीया ओमना उपाध्यायको टाउको, हात, खुट्टा र ११ वर्षीया शितला उपाध्यायको टाउकोमा चोट लागेको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी शाहीले बताए।     

कालिकोटबाट महेन्द्रनगरतर्फ गैरहेको बस बिहीबार बिहान ३:१० मा दुर्घटना भएको हो। प्रहरीले बसका चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बस्ने किशन सिंह खत्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.