किसानका माग पूरा गर्न भन्दै सिके रावतका कार्यकर्ताले गर्यो पूर्व-पश्चिम् राजमार्ग बन्द
महोत्तरी : सिके (चन्द्रकान्त ) राउत नेतृत्वको जनमत पार्टीले पूर्व-पश्चिम् राजमार्ग बन्द गरेको छ । किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने मागसहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग बन्द गराएका हुन्।
मल तथा बिउ बिजन सहजरूपमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएको जनमत पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत राजमार्ग बन्द गराएको धनुषा जिल्ला अध्यक्ष ओमबिक्रम कुशवाहाले जानकारी दिए ।
उनीहरुले पूर्व-पश्चिमी राजमार्गअन्तर्गत धनुषाको ढल्केवर, बिरेन्द्र बजार सिरहाको लहान, मिर्चैयासहितका स्थानमा राजमार्ग बन्द गराउँदै हिँडेका छन् । किसान आन्दोलनको नाममा सिके राउतका कार्यकर्ताले विगत १ महिनादेखि आन्दोलन गर्दै आएको छ।
आन्दोलनकारीहरुले किसानको समस्या सामाधान नभएसम्म राजमार्ग अवरुद्ध गर्ने जनमत प्रेस संयोजक वीपी साहले समाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छ्न्। उनले फेसबुकमा लेखेका छन, 'किसान आन्दोलनअन्तरगत माघ २० गते बिहीबारबाट हाइवे अर्थात् लोकमार्ग बन्द हुनेछ । हाइवेमै टेन्ट लगाएर खाने बस्नेसहितको कार्यक्रम हुनेछ ।'
सिके राउतका नेता कार्यकर्ताहरुले किसान एकता जिन्दावाद, किसान आन्दोलन जिन्दावाद भन्दै लाठीसहित आन्दोलनमा उत्रेका छन् । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ मसाल जुलुश प्रदर्शन गरिएको थियो।