जापानको ५० प्रतिशत आयात चीनमा निर्भर
टोक्यो : जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको छ । जापान सरकारद्वारा बिहीबार जारी नयाँ रिपोर्टअनुसार जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको हो ।
मुल्य र आयातित वस्तुहरुको हिसाबले ५० प्रतिशतभन्दा बढीले जापानको निर्भरता चीनमा रहेको सरकारी रिपोर्टमा उल्लेख छ । आयातित सामग्रीमा जापान सबैभन्दा बढी सन् २०१९ मा चीनमा निर्भर रहेको समेत सो रिपोर्टले देखाएको छ ।
जापानले कपडा, खेलकुद सामग्री, फेस मास्क, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु सबैभन्दा बढी चीनबाट आयात गर्ने गरेको क्योडो न्युजमा समाचार छ । अन्य मुलुकको तुलनामा जापान चीनबाट आयातित सामग्रीमा बढी निर्भर हुने गरेको समेत सरकारी तथ्यांकले देखाएको हो।