पल शाहसँगै नेपाल आइडल

पल शाहसँगै नेपाल आइडल

काठमाडौं : हरेक हप्ता बिहीबार र शुक्रबार एपीवान एचडीबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन ४ को १८औं कार्यक्रम विशेष बनेको थियो। उत्कृष्ट ९ मध्ये ४ ले शुक्रबार प्रस्तुति दिए।

सुरुवातमा सामूहिक गीत प्रस्तुत गरिएको थियो। ‘तिम्रो घरको वरिपरि...’ सँगै पछिल्लो समयका चर्चित नायक पल शाह कार्यक्रममा प्रवेश गरे। त्यसपछि उपस्थित भए, नाङगेल तामाङ। उनले ‘मायाले बोलायो’ गीत सुनाए। हरदिन हररात मायाकै सामीप्यमा हुन चाहना राख्नेलाई मायाले आउनु भनेर उमंग र प्रेमिल भाव प्रस्तुत गरे। 

दोस्रो प्रतिस्पर्धीका रूपमा भूपेन्द्र थापामगरले गित गाए। उनले मायालुसँगै हुने दिन कहिले आउने होला भन्दै ‘दैव हे...’ गीत सुनाए। लगत्तै उडायो हावाले यो मन भन्दै मञ्चमा आइन्, सुमिन पाख्रिन। गीतमा पल शाह र रेश्मा घिमिरेले नाचेर रमाइलो गरे। लक्ष्मी पौडेलले शुक्रबारको अन्तिम प्रस्तुति दिएकी थिइन्। उनले मायालुलाई कुसुमे रुमाल दिने वाचा गीतबाटै गरेकी थिइन्। भुली गए सम्झनालाई कुसुमे रुमाल.....। हप्ताको ‘पर्फरमर अफ द विक’ रञ्जित नेपालीले प्राप्त गरे। योसगै उनले गितार उपहार पाए।

जतिजति फाइनल नजिक आउँदैछ। नेपाल आइडलका प्रतियोगीमा कडा प्रतिस्पर्धा चलिरहेछ। कोहीभन्दा कोही कम देखिँदैनन्। हरेकले गजब प्रस्तुति दिन्छन्। नेपाल आइडलको यो संस्करण मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण भइरहेको छ। 

आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलभन्छन्, ‘जसले उत्कृष्ट प्रस्तुति दिएर दर्शकको मन जित्छ ऊ नै विजेता बन्नेछ।’ चैतको पहिलो हप्ता नेपाल आइडल सिजन ४ को विजेता घोषणा हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.