अमेरिकासँगको तनाबबीच ओलम्पिकको पूर्वसन्ध्यामा पुटिनले भेटे चीनका राष्ट्रपति

अमेरिकासँगको तनाबबीच ओलम्पिकको पूर्वसन्ध्यामा पुटिनले भेटे चीनका राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन-रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। 

पछिल्लो समय रुस र अमेरिकाबीच तनावपूर्ण स्थिति रहेको अवस्थामा सी र पुटिनको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। युक्रेनको सीमा नजिक रुसले आफ्नो सेना बढाउन सुरु गरेपछि पश्चिमी शक्ति अझ विशेष अमेरिका रुससँग सश‌ंकित बनेको छ। रुसले छिमेकी युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको र त्यस्तो कदम उठाए गम्मिर कदम उठाउने अमेरिकाले बताएको छ। जवाफ रुसले भने अमेरकाले अनावश्यक तनाव बढाएको आरोप लगाएको छ।

राष्ट्रपति सीले पुटिनको भ्रमणलाई 'शीतकालीन ओलम्पिकका लागि गेट-टुगेदर' गर्ने प्रतिबद्धताको रूपमा वर्णन गरेका हुन्। उनले शुक्रबारको 'वसन्त पर्व बैठक' ले चीन-रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वाससमेत व्यक्त गरेका छन्।

गहिरो र जटिल विकासले भरिएको अन्तरराष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन र रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ मजबुद बनाउन र अन्तरराष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिए।

सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिएका छन्।

उनले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताएका छन्। युरेशियन महादेश र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउँन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिएका  बताइएको छ।

विगत दुई दशकमा सांघाई सहयोग संगठनले गरेको असाधारण यात्रा र अन्तरराष्ट्रिय समुदायमा महत्त्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि  उल्लेख गरेका छन्।  सो अवसरमा दुई नेता बीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड-१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच,  रुसका राट्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणामा उपस्थित हुन पाउँदा खुसी व्यक्त गरेका छन्।

'मलाई विश्वास छ सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछन्', पुटिनले भने। 'म खेलहरूमा रूसी र चिनियाँ खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु।'

राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान् विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाइ दिएका छन्। सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीहरूलाई खेलकुदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी) का खेलाडीहरूले बेइजिङ राष्ट्रिय रंगशालामा मार्च गरेका थिए। बेइजिङ राष्ट्रिय रंगशाला वा बर्ड्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.