टर्कीका राष्ट्रपति एर्दोगान र उनकी श्रीमतीलाई कोरोना संक्रमण

टर्कीका राष्ट्रपति एर्दोगान र उनकी श्रीमतीलाई कोरोना संक्रमण

टर्की : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनकी श्रीमतीलाई कोभिड–१९ सङ्क्रमण भएको छ। एर्दोनले उनीहरुमा गम्भीर लक्षण नदेखिएको बताएका छन्।

ट्वीट मार्फत आफ्नो संक्रमणको जानकारी दिँदै उनले लेखेका छन्, ‘सामान्य लक्षण देखिएपछि म र मेरी श्रीमतीमा कोभिड–१९ को परीक्षण पोजिटिभ देखिएको छ। हामीमा सामान्य लक्षण देखिएको छ। यो ओमिक्रोन भेरियन्टको संक्रमण हो। हामी घरबाट काम जारी राख्नेछौं। तपाईको प्रार्थनाको आवश्यकता छ।'

एर्दोगान बिहीबार युक्रेन भ्रमणमा थिए। उनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग रुससँग जारी तनावका बारेमा वार्ता गरे।

टर्कीका राष्ट्रपतिले रुस र युक्रेनबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने र दुई देशबीच वार्ताको माध्यम बन्न चाहेको बताए। 

एर्दोगानले गत वर्ष एक अन्तर्वार्तामा आफूले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो डोज जुनमा लिएको बताएका थिए।

Bugün hafif belirtiler üzerine eşimle birlikte yaptırdığımız COVID-19 testimizin sonucu pozitif çıktı. Omicron varyantı olduğunu öğrendiğimiz hastalığı hamdolsun hafif geçiriyoruz.

Görevimizin başındayız. Çalışmalarımıza evde devam edeceğiz. Dualarınızı bekliyoruz.

— Recep Tayyip Erdoğan (@RTErdogan) February 5, 2022

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.