यू-१९ विश्वकप : फाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौं पटक च्याम्पियन

यू-१९ विश्वकप : फाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौं पटक च्याम्पियन

नयाँ दिल्ली : भारतले यु–१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ। पहिला राज बावा र रवि कुमारको उत्कृष्ट बलिङ र त्यसपछि उपकप्तान शेख रसिद, अलराउन्डर राज बाबा र निशान सिन्धुको बलियो ब्याटिङमा भारतले इंग्ल्याण्डलाई  जितेको हो। 

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १८९ रन बनाएको थियो । जवाफमा भारतका उपकप्तान राशिद र निशान्त सिन्धुको अर्धशतकको मद्दतले भारतले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको थियो ।

म्यान अफ द म्याच राज अंगद बावाले पहिले ५ विकेट लिए र त्यसपछि ३५ रनको इनिङ्स खेले ।

योसँगै इंग्ल्याण्डको २४ वर्षपछि यु–१९ विश्वकप जित्ने सपना पूरा हुन सकेन। यश धुल यू–१९ विश्वकप ट्रफीमा भारतको नाम अंकित गर्ने पाँचौं भारतीय कप्तान बने ।

यश धुलअघि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शाले पनि भारतका लागि यू–१९ क्रिकेट विश्वकप जितेका छन्। 

सर भिभियन रिचर्ड्स क्रिकेट स्टेडियममा खेलिएको फाइनलमा भारतीय इनिङ्सको सुरुवात राम्रो हुन सकेको थिए। पहिलो विकेट शून्यमा खसेको थियो ।

यसपछि उपकप्तान राशिद अर्धशतक (५० रन) बनाए । उनले हरनुस सिंहसँग दोस्रो विकेटका लागि ४९ रन जोडे र अर्धशतक पूरा गरेपछि तेस्रो विकेटका रूपमा आउट भए। दोस्रो ओपनर हरनूर सिंहले २१ रन बनाए।

उपकप्तान शेख रसिद आउट भएपछि दुई रन मात्र बनाएर कप्तान यश धुल पनि आउट भए । अष्ट्रेलियाविरुद्धको सेमिफाइनलमा शतक प्रहार गरेका कप्तान धुलले फाइनलमा १७ रन बनाएका थिए । चौथो खेलाडीका रुपमा धुल आउट नभएसम्म भारतीय टोलीले ९७ रन बनाएको थियो ।

कप्तान र उपकप्तान दुवै प्याभिलियन फर्किएपछि फाइनल खेलमा धर्ना दिने राज बावा र निशान्त सिन्धुले पाँचौं विकेट (६७ रन) लिएर अर्धशतकीय साझेदारी गरे । राज बावाले अमूल्य ३५ रन बनाए ।

राज बावा आउट भएपछि निशान्त सिन्धुले अर्धशतक पूरा गर्दै भारतलाई जित दिलाए । बीबीसी हिन्दीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.