भारतमा लता मंगेशकरको सम्झनामा २ दिने राष्ट्रिय शोक

भारतमा लता मंगेशकरको सम्झनामा २ दिने राष्ट्रिय शोक

नयाँ दिल्ली : भारतले दुई दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। चर्चित भारतीय गायिका लता मंगेशकरको सम्झनामा भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको हो। 

भारत रत्न पुरस्कारबाट सम्मानित बनेकी गायिका मंगेशकरको शोकमा भारतले आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने भएको हिन्दुस्तान टाइम्समा खबर छ। 
स्वरकी धनी भनेर चिनिने चर्चित भारतीय गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको आइतबार बिहान ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

मंगेशकरलाई कोभिड १९ संक्रमण भएपछि जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई केही हप्तादेखि आइसियुमा राखिएको थियो। ३६ भन्दा बढी भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी मंगेशकरले भारतीय फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.