दोहोरीमा विमला पहिलो

दोहोरीमा विमला पहिलो

काठमाडौं : रेडियो अन्नपूर्ण नेपालको आयोजनामा भएको ‘रेडियोमा खेलौं दोहोरी’को विजेता विमला मगर बनेकी छन् । शनिबार भएको ग्रान्ड फिनालेमा माघ १५ देखि १७ गतेसम्म चलेको डिजिटल अडिसनबाट ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये विवेक पाण्डे र विमला मगर ग्रान्ड फिनालेका लागि छनोट भएका थिए । 

दुई जनाबीच भएको प्रतिस्पर्धाबाट विमला विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा चर्चित लोकदोहोरी गायिका देवी घर्तीमगर र गायक राजु ढकाल निर्णायक थिए । यसअघि तीन दिनसम्म चलेको डिजिटल अडिसनबाट विवेक पाण्डे, विमला मगर, श्रीराम दाहाल, सर्मिला अर्याल, सरू श्रेष्ठ र आशिष घर्तीमगर फाइनलका लागि छनोट भएका थिए । डिजिटल अडिसनमा पहिलो दिन कल्पना दाहाल र प्रदीप रोक्का, दोस्रो दिन राजेन्द्र भण्डारी र प्रतिमा अर्याल तथा तेस्रो दिन खुमन अधिकारी र रमिला न्यौपाने अतिथि निर्णायकका रुपमा उपस्थित भएका थिए । 

विजेता घोषित भएपछि विमलाले आफू पहिलो पटक दोहोरी प्रतियोगितामा प्रथम भएको बताउँदै रेडियो अन्नपूर्ण नेपाललाई धन्यवाद दिइन् । प्रतिभाहरू लुकेर बस्ने भएकाले अवसरको सदुपयोग गर्न पनि उनले आग्रह गरिन् । ‘म यहाँसम्म पुग्छु र प्रथम हुन्छु भन्ने लागेकै थिएन । मेरो पहिलो पटकको सहभागिता पनि हो । विजेता हुन पाउँदा खुसी छु’, उनले भनिन्, ‘मजस्तै लुकेका प्रतिभा धेरै भए पनि अवसर नपाएको हुनसक्छ । उहाँहरूलाई यस्ता अवसरहरू नगुमाउन पनि आग्रह गर्दछु ।’

विजेता मगरलाई एक लाख बराबरको पुरस्कारले पुरस्कृत गरिएको रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले जानकारी दिए । प्रतियोगिताको रेडियो अन्नपूर्ण नेपालका साथै देशभरका साझेदार विभिन्न १५ रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.