भारतीय गायिका मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

भारतीय गायिका मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय गायिका लता मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी छन् । मंगेशकरको आज विहान ९२ वर्षको उमेरमा उपचारका क्रममा मुम्बईमा निधन भएको थियो ।

थुप्रै नेपाली गीतमासमेत स्वर दिएकी भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत शोक व्यक्त गरेकी हुन् ।

'धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दु:खी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,' उनले भनेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.