१३ वर्षीया बालिका सुत्केरी भएपछि खुल्यो बलात्कारको रहस्य

१३ वर्षीया बालिका सुत्केरी भएपछि खुल्यो बलात्कारको रहस्य

गुलरिया : बर्दियामा बलात्कृत बालिका सुत्केरी भएकी छिन्। कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिका सुत्केरी भएपछि मात्र बलात्कारको घटना पत्ता लागेको छ। 

यसैवर्ष माघ १६ गते उनले छोरी जन्माइन्। उनी यतिखेर नगरसेवा केन्द्र गुलरियाको आश्रयमा छिन्। माघ १६ गते बालिकाको एक्कासी पेट दुखेर उपचारको लागि स्थानीय क्लिनिकमा लगियो। चेकजाँच गर्ने क्रममा भिडियो एक्सरेबाट बच्चा देखिएपछि मात्र ९ महिना अघि बालिका बलात्कृत भएको परिवारले थाहा पाए। 

कलिलै उमेरमा बालिका आमा बन्न लागेकाले सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएकी बालिकाले बेथा लागेकाले अन्यत्र लैजान नपाउँदै स्वास्थ्य संस्थामै नर्मल छोरी जन्माइन्। पेटमा बच्चा देखिएपछि सोधखोजका क्रममा बलात्कार भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले भने, 'हामीले बालिका बलात्कारमा संलग्न ४१ वर्षीय मनिराम थारुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणी सम्वन्धी कसुरमा अनुसन्धान गर्दैछौं। बलात्कारका आरोपितले घटना स्विकारी सकेका छन्। बालिकालाई घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाइ घरभित्रै जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।' थप अनुसन्धान भैरहेको बताउँदै एसपी कार्कीले थपे, 'बलात्कार गरेपछि कसैलाई भनिस् भने मारेर फालिदिन्छु भनी बालिकालाई त्रास दिएको देखिन्छ।'

बालिकाले सुरुमै घटनाको बारेमा नभन्दा कसैलाई थाहै भएन। अन्तिम अवस्थामा घटना थाहा भयो। बालिका १२ वर्षमै बलात्कृत भएको पुष्टि हुन्छ। अज्ञानतावश कडा अपराध समाजमा लुक्यो। बालिकाका बावु भारतमा काम गर्छन्। बर्दिया जिल्ला अदालतमा मुद्धा चलिरहेकाले पुष्टि भए दोषी उपर हदै सम्मको कारवाही हुने कार्कीले बताए।

गुलरिया स्थित सेवा केन्द्रमा आश्रय लिइरहेकी बालिका आमा र नवजात बच्चाको स्वास्थ्य सामान्य रहेको सेवा केन्द्रकी प्रमुख लक्ष्मी मुडवरीले बताइन्। 'बच्चाको तौल २ केजी ६०० ग्राम छ। स्याहार केन्द्रमा ४५ दिनसम्म हामीले आश्रय दिन्छौं। त्यसपछि सेवा केन्द्रले निर्णय गर्नुपर्छ। सुत्केरी बालिका दुई बहिनी हुन्। उनकी दिदी छिन्', उनले भनिन्, 'स्याहार केन्द्रमा बालिकाकी आमा र हाम्रो स्टाफबाट सुत्केरी र बच्चा दुवैको रेखदेख भैरहेको छ। पुर्नस्थापनको मुद्धा पेचिलो छ। अभिभावकले घरमा लैजान अफ्टेरो मान्नु भएको छ।' केन्द्र प्रमुख मुडवरीले थपिन्, 'बालिका सानी छिन्, बच्चाको हेरविचार गर्न पनि समस्या छ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.