अब कतारमा बस्ने नेपालीले उतैबाट ई-पासपोर्ट बनाउन सक्ने
आज २०७८ माघ २३ गते नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाडौंबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी तयार भएको छ। यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई-पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको राजदूतावास दोहाले जनाएको छ।
आजबाटै दूतावासमा ई-पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ। त्यसको लागि विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु https://emrtds.nepalpassport.gov.np मा अपलोड गर्नुपर्नेछ।