बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त

बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त

नयाँ दिल्ली : बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर बनेका छन् । सोमबार देहरादुनमा उनले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेट गरेका थिए । सो क्रममा मुख्यमन्त्री धामीले पहाडी टोपी लगाएर अक्षय कुमारलाई फूल दिएका थिए ।

सीएम धामीले ट्वीट गरे, 'आज प्रख्यात अभिनेता, युवाहरूको प्रेरणा र मेरो साथी श्री अक्षय कुमार जीलाई मुख्यमन्त्री निवासमा स्वागत र अभिवादन गरियो। अक्षय कुमार जीले राज्यका युवाहरूलाई उत्प्रेरित गर्न सरकारले चालेका कदमहरूको प्रशंसा गरे र सबै सम्भव सहयोगको आश्वासन दिए।'

समाचार एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह धामीले आफूहरुले अक्षय कुमारलाई अफर गरेको र उनले उत्तराखण्डको ब्रान्ड एम्बेसडरको रूपमा काम गर्न स्वीकार गरेको बताएका छन्।

अहिले अक्षय आफ्नो आगामी फिल्मको सुटिङ उत्तराखण्डको मसुरीमा गरिरहेका छन् ।

सोमबार सामाजिक सञ्जालमा मसुरीको एउटा भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘प्रेममा हुनु भनेको अरु के हुन्छ ? उत्तराखण्डलाई कुनै कारणले देवभूमि भनिन्छ। मैले संसारका धेरै राम्रा ठाउँहरूमा सुटिङ गरेको छु तर मसुरी फरक छ। लाखौ भेटिए, तिमि जस्तो कोहि भेटिएन। ,

What else is being in love?! We call Uttarakhand Devbhoomi for a reason. Have shot in the most exotic locations in the world but Mussoorie - लाखों मिले, कोई भी ना तुम सा मिला ♥️ pic.twitter.com/L9TDQqoHCr

— Akshay Kumar (@akshaykumar) February 7, 2022

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.