एनआरएनएको निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग

एनआरएनएको निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा. बद्री केसीले एनआरएनए संरक्षक परिषद्लाई निकास नदिने छुट नभएको बताएका छन् । डा शेष घले नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचनको वातावरण बन्ने उनको भनाइ छ ।  

एनआरएनएको १०औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनमा अन्योल कायमै रहेको बेला तोकिएकौ समयमा निर्वाचन हुने केसीले विश्वास व्यक्त गरेका हुन् । फेब्रअरी २८ मा निर्वाचन तय भएको  छ । यद्यपि निर्वाचन तालिका अझै सार्वजनिक गरिएको छैन । समयमै निर्णय आएर निर्वाचन हुने उनको विश्वास छ ।

प्रतिनिधि विवाद नमिलेकाले गत अक्टुबरमै हुनुपर्ने निर्वाचन तथा महाधिवेशन अझै हुन सकेको छैन । डा केसीले निर्वाचन गराउन हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहीन आरोप लगाएको बताए । यसले निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय देखिए पनि विचलित नहुने उनको भनाइ छ ।

संघका महासचिव तथा उपाध्यक्षका उम्मेदवार डा.हेमराज शर्माले पाँच देशले अन्तर्राष्ट्रिय समन्वय समितिलाई दिन उठाएको शुल्क नदिएर बार्गेनिङ गरिरहेको आरोप लगाए । ‘शुल्क नबुझाए ती देशले चुनावमा भाग लिन पाउँदैनन्,’ उनले भने, ‘अटेरी गर्ने राष्ट्रिय समन्वय समितिलाई निर्वाचन बाहिर ल्याउन सक्नुपर्छ ।’

डा. केसीले विज्ञप्ति जारी निर्वाचनलाई अनिर्णयको बन्दी गराउन कसैलाई पनि छुट नभएको बताए । असन्तुष्टिको माग सम्बोधन भइसकेकाले अब तोकिएकै समयमा निर्वाचन हुने विज्ञप्तिमा उल्लेख छ । संघलाई वैधानिकरुपमा अघि बढाउन निर्वाचनको विकल्प नभएको भन्दै विज्ञप्तिमा तत्काल निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.