विदेशी पर्यटकलाई अब अस्ट्रेलिया खुला

विदेशी पर्यटकलाई अब अस्ट्रेलिया खुला

सिड्नी (एएफपी) : अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमा नाका फेरि खुला गर्ने भएको छ। यही फेब्रुअरी २१ देखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन्।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकलाई प्रवेश निषेध थियो। अस्ट्रेलियाले अब प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो। अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको देशमा पर्छ।

‘झन्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो’, प्रधानमन्त्री मोरिसनले भने। राष्ट्रिय सुरक्षासम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेशाज्ञा पाएकाहरूलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए। ‘यदि तपाईंहरू कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईंलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्छौं’, उनले भने। 

प्रधानमन्त्री मोरिसनले कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरू आउन नदिने निर्णय गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.