रुसले युक्रेनमा आक्रमण गरे ग्यास पाइपलाइन परियोजना बन्द गरिदिने अमेरिकाको चेतावनी

रुसले युक्रेनमा आक्रमण गरे ग्यास पाइपलाइन परियोजना बन्द गरिदिने अमेरिकाको चेतावनी

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन 'नर्ड स्ट्रिम २' बन्द गर्ने चेतावनी दिएका छन्। वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बाइडेनले यस्तो बयान दिएका हुन्।

अमेरिकी राष्ट्रपतिले यो भनाइ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको समयमा राखेका छन् र इमानुएल म्याक्रोनले भेटमा युद्धको सम्भावनालाई टार्न सक्ने आशा पनि व्यक्त गरेका थिए।

अमेरिकालगायत युरोपेली देशहरूले लगातार रुसमाथि सम्भावित आक्रमणको आरोप लगाउँदै आएका छन् तर रुसले युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ।

युक्रेनसँगको सीमामा भने रुसका करिब एक लाख सैनिक तैनाथ छन्।

जो बाइडेन र स्कोल्जले आपसी कुराकानी पछि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। 'नर्ड स्ट्रिम २' सम्बन्धी प्रश्नको जवाफमा जो बाइडेनले यदि रुसले आक्रमण गर्छ भने 'नर्ड स्ट्रिम २' बन्द हुने बताए।  कसरी बन्द गर्ने भन्ने प्रश्नको जवाफ भने बाइडेनले दिएनन्। उनले आक्रमण गरे 'नर्ड स्ट्रिम २' ग्यास पाइपलाइन परियोजना बन्द गर्ने वाचा गरे।

चान्सलर बनेपछि स्कोल्जको यो पहिलो अमेरिका भ्रमण हो। युक्रेनप्रति उनको प्रतिक्रिया र ग्यास पाइपलाइन परियोजनाको बारेमा अस्पष्ट भएकोले पनि उनको आलोचना भएको छ।

यद्यपि उनले रुसमाथि प्रतिबन्ध लगाउने विषयमा जर्मनी अमेरिकाको साथमा रहेको बताए। उनले युक्रेनमा रुसले आक्रमण गरे रुसविरुद्ध कडा कारबाही गरिने पनि बताए।

के हो 'नर्ड स्ट्रिम २' ग्यास पाइपलाइन ?

करिब १,२०० किलोमिटर लामो यो ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर-पूर्वी जर्मनीसम्म जान्छ।

यस परियोजनामार्फत रुसबाट जर्मनी जाने प्राकृतिक ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखिएको थियो। हाल, रूस देखि जर्मनीसम्म ग्यास नोर्ड स्ट्रिम पाइपलाइन मार्फत जान्छ, जुन २०२१ मा निर्माण गरिएको थियो।

यो आयोजना सफल भएमा यो पाइपलाइनले जर्मनीलाई हरेक वर्ष ५५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ। यस परियोजनाको मालिक रुसी राज्य ग्याँस कम्पनी 'गजप्रोम' हो।

यस पाइपलाइनको काम सेप्टेम्बर २०२१ मा सम्पन्न भएको थियो। तर 'गजप्रोम' अझै पनि ग्यास आपूर्ति पुन: सुरु गर्नु अघि युरोपेली नियामकहरूको स्वीकृतिको लागि पर्खिरहेको छ।

किन विवाद ?

आलोचकहरूका अनुसार पाइपलाइन रुसको विदेश नीतिको हतियार हो। उक्त परियोजनाको अमेरिका, युक्रेन र पोल्याण्डले कडा विरोध गरेका छन्।

अमेरिकालाई उक्त पाइपलाइनले युरोपलाई रुसको ऊर्जामा अद्द बढी निर्भर बनाउने हो कि भन्ने डर छ। यसको सहयोगले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्मनी र युरोपेली संघमा प्रभुत्व जमाउनेछन्। युक्रेन पनि उक्त परियोजना बन्द होस् भन्ने चाहन्छ। बीबीसी हिन्दीबाट अनुदित
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.