रश्मिकाको पहिलो रोजाइ
मुम्बई : बक्स अफिसमा तहल्का मच्याएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा : द राइज’को चर्चा अहिले पनि सेलाएको छैन। मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भर्सनमा पनि निर्माण गरिएको छ।
‘पुष्पा’मा दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ। ‘पुष्पा’ चर्चाको शिखरमा पुगेपछि अभिनेत्री रश्मिकाको चर्चा पनि चुलिएको छ। सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि तीव्र रुपमा बढिरहेको छ।
कर्नाटकमा जन्मिएकी रश्मिका पढाइमा निकै तेज थिइन्। उनले साइकोलोजीमा स्नातक गरेकी छन्। यससँगै उनले एमएस रमैया कलेजबाट पत्रकारिता र अंग्रेजी लिटरेचरमा पनि स्नातक गरेकी छन्। त्यही कारण उनको मुख्य रोजाई पत्रकारिता थियो। तर, अभिनयमा पनि रुची राख्ने उनलाई चलचित्र क्षेत्रमा डोहोर्याे।
उनले कन्नड चलचित्रमार्फत रंगीन पर्दामा पाइला राखेकी हुन्। उनले सन् २०१६ मा ‘किरिक पार्टी’मार्फत चलचित्रमा डेब्यु गरेकी हुन्। सन् २०१६ मा ‘किरिक पार्टी’ सर्वाधिक कमाई गर्ने कन्नड चलचित्र बनेको थियो।