राष्ट्रपति शैक्षिक सुधारको ब्यानरमा व्यापार

राष्ट्रपति शैक्षिक सुधारको ब्यानरमा व्यापार

गुलरिया : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी विद्यालय लगायत संघसंस्थालाई गुणस्तरहीन विद्युतीय तथा स्टेशनरी सामाग्री बिक्री वितरण गरेको आरोपमा प्रहरीले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ निवासी ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई नियन्त्रणमा लिएको छ। 

साइबर एण्ड लाइब्रेरी नामक प्रोजेक्ट मार्फत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ स्थित बंगलामुखी माध्यमिक विद्यालय परिसरबाट बिक्री वितरण भैरहेको अवस्थामा सामाग्रीसहित उनलाई पक्राउ गरेको हो।

प्रविधिसँग जानकार नभएका विद्यालय तथा संस्थालाई भ्रममा पार्दै सहुलियतमा विद्युतीय सामाग्री वितरण हुँदैछ भन्दै प्रलोभन देखाइ न्युन गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामाग्री उच्च मुल्यमा बिक्री गरेको भन्ने सूचनाका आधारमा निजलाई सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। 

मानिससँगै नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका ३ थान चेक, साइबर एण्ड लाइब्रेरीको नाममा रहेको ४ थान विल ठेगी लगायत कारोवार स्थलबाट प्रिन्टर ११ थान, मोनिटर १९ थान, सीपीयू १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सीसीटीभी क्यामेरा १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत शब्दकोष ७ थान र अक्सफोर्ड किताब, विभिन्न शब्दकोष ३० थान र विभिन्न पुस्तक तथा क्यालेण्डर भएको कार्टुन २९ थान बरामद गरेका छौं।

विद्यालय शैक्षिक संस्थालाई प्रभाव पार्ने गरी मोबाइलमा इन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमहरुबाट म्यासेज गर्दै शिक्षा समन्वय इकाइ गुलरिया र बंगलामुखी माध्यमिक विद्यालय गुलरियामा विशिष्ट वव्यक्तिको उपस्थितिमा सहुलियतमा शैक्षिक प्राविधिक सामाग्री वितरण हुने जानकारी गराउँदै प्रचारप प्रसार गरी अफवाह फैलाइ न्युन गुणस्तरका सामाग्रीहरु बढी मुल्यमा बिक्री वितरण गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी शाहीको भनाइ छ। बर्दिया जिल्ला अदालत गुलरियाबाट ठगी सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएका छौं।

बर्दियाको गुलरियामा प्रविधि सामाग्री बिक्री वितरण भैरहेको थाहा पाएपश्चात् कम्प्युटर एशोसिएसन नेपाल महासंघ बर्दियाका अध्यक्ष गोपाल निरौला र प्रविधिमैत्री शिक्षक समाज नेपाल बर्दियाका अध्यक्ष केशव तिमलसैनाले संयुक्त विज्ञप्ति जारी गर्दै बिक्री वितरण उपर छानविन गरी आवश्यक कारवाहीको माग गरेका हुन्। 
प्रविधिमा जानकार दुवै संस्थाले विगतका वर्षमा पनि त्यस्ता सामाग्री बिक्रीवितरण गरिएको र सामान लिनेहरु सबै ठगिएकाले सचेत हुन आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.