कोलम्बियामा पहिरो : १४ को मृत्यु, ३५ घाइते
बोगोटा : कोलम्बियामा पहिरोमा परी कम्तीमा १४ मानिसको मृत्यु भएको छ। भारी वर्षापछि कोलम्बियाको रिसाल्डा प्रान्तको डस्कीब्रेडासमा बुधबार बिहानै गएको पहिरोमा परि कम्तीमा १४ मानिसको मृत्यु भएको हो।
सो पहिरोमा परी अन्य ३४ मानिस गम्भीर घाइते भएको त्यहाँको राष्ट्रिय विपद् विभागले जनाएको छ। विभागका अनुसार अन्य एक मानिस अझै बेपत्ता भएका छन्। उद्धारकर्ताहरुले पहिरोमा फसेकाहरुको उद्धार खोजी गरिरहेको बताइएको छ।
पहिरो खस्दा विस्फोटक पदार्थ पड्किएको जस्तो आवाज आएको र पहिरो गएको ठाउँमा ठूलो पहाड खसेको स्थानीयले एएफपी समाचार एजेन्सीसँग बताएका छन्।