पोखराको मेयरमा लेखक पौडेलको उम्मेदवारी घोषणा

पोखराको मेयरमा लेखक पौडेलको उम्मेदवारी घोषणा

पोखरा : पैताला उपन्यासका लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। सरकारले आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेयता उम्मेदवारी घोषणा गर्ने पौडेल नै सम्भवत पहिलो हुन्। पोखरामा पनि अरु कसैको उम्मेदवारी घोषणा सार्वजनिक भएको छैन। 

फेसबुकमार्फत पौडेलले उम्मेदवारी घोषणा गरेका हुन्। ‘‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौँ। अति भो अटेर गरौँ !’ उनले भनेका छन्, ‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ, म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेर गर्दैछु।’ केही समयदेखि फेसबुक खाता निस्क्रिय राखेका लेखक पौडेलले उक्त घोषणा फेसबुकबाटै गरेका हुन्। पौडेलको उपन्यास पैताला प्रकाशित छ। 

२०७४ सालको स्थानीय तह निर्वाचनबाट एमालेका मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर निर्वाचित भएका थिए। लेखक पौडेल कुनै बेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिको केन्द्रीय सदस्य थिए। र्यान्डम रिडर्स सोसाइटी पोखराका परिकल्पनाकार तथा पूर्वअध्यक्ष पौडेल उपन्यास पैतालाका लेखक हुन्। उनले अनुवाद गरेको जोन स्टेबेकको कृति मुसा मानुष बुकहिल प्रकाशनले छापेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.