गहुँबारीमा महिलाको शव फेला
रौतहट : ईशनाथमा नगरपालिकाको गहुँबारीमा एक महिलाको शव फेला परेको छ। ईशनाथ नगरपालिका-९ लौतनाटोलका कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको शव फेला परेको प्रहरीले जनाएको छ।
चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। ती बालिका मृत अवस्थामा मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको घटनास्थलमा रहेका प्रहरी उपरिक्षक घिमिरेले बताएका छन्।
खातुनको शव स्थानीयले बुधबार बिहान लौतना र मठिया टोलको बीचमा पर्ने गहुँबारीमा फेला परेका थिए। घटनाको अनुसन्धान भैरहेको र दोषीको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।