चोरीका मोटरसाइकल सवारीधनीलाई फिर्ता

चोरीका मोटरसाइकल सवारीधनीलाई फिर्ता

मलंगवा : इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले विभिन्न मितिमा बरामद गरेको चोरीका मोटरसाइकल बुधवार एक कार्यक्रमका बीच सम्बन्धीत धनीलाई बुझाएका छन्। विभिन्न स्थानबाट चोरीगरी चलाइ राखेका ६ वटा मोटरसाइकल बरामद गरेर सम्बन्धीत धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। 

प्रदेश ३–०२–००१ प २१८८, बागमती प्रदेश ३–०३–००१ प ४०२०, ना ५७ प ३८४०, बागमती प्रदेश ०२–०२७ प २६२९, बा ९० प १०६३ र प्रदेश ३–०२–०२ प ४८८६ नम्बरको मोटरसाइकल बरामद गरेर सम्वन्धित धनीलाई बुझाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। 

बरामद गरिएका मोटरसाइकहरुमा तीनवटा २२० सीसी र तीनवटा २०० सीसीको पल्सर रहेका छन्। अधिकांश मोटरसाइकलहरु काठमाण्डौका रहेका छन्। बरामद गरिएका सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट हालेर चलाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनको विभिन्न स्थानमा नियमित चेकजाँचका क्रममा चालकले छाडेर गएको मोटरसाइकलहरु बरामद भएको प्रहरीले जनाएको छ। चेकजाँच गर्दा चालकहरु कागजात लिएर आउछु भनि गएका तर फर्किएर नआएपछि अनुसन्धान गर्दै जाँदा चोरीको मोटरसाइकल रहेको खुलेको प्रहरीले जनाएको छ।

चोरी भएको लामो समयसम्म पनि मोटरसाइकल नपाएका धनीहरु आश मारिसकेका थिए। प्रहरीले मोटरसाइकल बरामद गरी दिएपछि धनीहरु खुशी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.