ताइवानमा हतियार बिक्री गर्ने सम्झौता फिर्ता गर्न अमेरिकालाई चीनको आग्रह
बेइजिङ : ताइवानमा हतियार बिक्री गर्ने सम्बन्धमा भएको सम्झौता तत्काल फिर्ता गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ। चीनको ताइवान क्षेत्रमा हतियार बिक्री गर्ने सम्बन्धमा भएको सम्झौतालाई तत्काल फिर्ता गर्न अमेरिकालाई चीनले बुधबार आग्रह गरेको हो।
चिनियाँ सेनाका प्रवक्ताले बुधबार सो आग्रह गरेको चिनियाँ मिडिया सिजिटिएनले जनाएको छ। अमेरिकाले मंगलबार करिब १०० मिलियन डलर रकम बराबरको हतियार ताइवानलाई बिक्री गर्ने सम्बन्धमा सम्झौता गरेको थियो।
ताइवानसँग अमेरिकाले सैन्य र हतियारसम्बन्धी कुनै पनि सम्बन्ध गाँस्न आवश्यक नभएको चीनको रक्ष मन्त्रालय एवम् चिनियाँ सेनाका प्रवक्ता वु कियानले बताएका छन्। ‘अमेरिकाले चीनको ताइवानसँग कुनै पनि सैन्य र हतियार सम्बन्ध गाँस्न पाउँदैन’, उनले भनेका छन्, ‘त्यस्ता सम्बन्ध र सम्झौतालाई अमेरिकाले तत्काल रोक्नुपर्छ।’
चीनले अमेरिका र ताइवानको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएको छ।