उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरे संकट निम्तिने चेतावनी
सिओलः उत्तर कोरियाले पुनः लामो दूरीको क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेमा संकट निम्तिने खतरा रहेको चेतावनी दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले दिएका छन्। मुनले बिहीबार उत्तर कोरियाले सो कार्य दोहोर्याएमा कोरियाली प्रायद्धिप क्षेत्रमा संकटको खतरा रहेको चेतावनी दिएका हुन्।
सो खतरा रोक्न तत्काल वार्ता र कूटनीतिक सहमतिमा आउनसमेत राष्ट्रपति मुनले आह्वान गरेका छन्। ‘यदि उत्तर कोरियाले पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपणको काम दोहोर्याएमा त्यसले पाँच वर्षअघि झैँ कोरियाली प्रायद्धिप क्षेत्रमा संकट निम्तिने पक्का छ,’ मुनद्वारा बिहीबार लिखित वक्तव्य पत्रमा भनिएको छ, ‘सो संकट रोक्न र निम्तिन नदिन सम्बन्धित देशका राजनीतिक नेता र कूटनीतिज्ञबीच वार्ता जरुरी छ।’
उत्तर कोरियाले जनवरीमा चार वर्षयताकै सबैभन्दा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उत्तर कोरियाले जनवरीमा मात्र साना-ठूला गरी करिब सातवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।