राष्ट्रिय बाल नाटक महोत्सवका लागि नाटक आह्वान
काठमाडौं: १३औँ राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअलरूपमा हुने भएको छ। शैली थिएटरको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रको प्रस्तुतिमा महोत्सवको हुन लागेको हो। कोरोना महामारीका कारण यस वर्ष पनि नाटक महोत्सव भर्चुअलरूपमा हुन लागेको आयोजकले जनाएको छ।
महोत्सवमा सहभागी हुन १५ फागुनभित्र नाटकको भिडियो शैली थिएटरको आधिकारिक इमेल ([email protected] ) मा वा सिधै पेन ड्राइभमार्फत् थिएटरको कार्यलयमा बुझाउन सकिने आयोजकले विज्ञप्ति जारी गर्दै बताएको छ।
सहभागी हुन यी नियमहरु पालना गर्नुपर्ने छ
– नाटकको विषय बालबालिका सम्बन्धित हुनुपर्नेछ । बढीमा १० जना कलाकार समावेश गर्न पाइनेछ र एकल प्रस्तुति पनि समावेश गरिनेछ ।
– नाटक कम्तीमा १५ मिनेटदेखि बढीमा ४५ मिनेटसम्मको हुनुपर्नेछ ।
– नाटक भित्र सद्भाव बिगार्ने, बालबालिकालाई नकारात्मक सन्देश दिने विषय वा शब्दको प्रयोग गर्न पाइने छैन ।
– नाटकको विषय, अभिनय, सेट, कस्ट्युमलाई मुख्य मूल्यांकनको आधार बनाइने छ, यसमा भिडियोको गुणस्तरीयतालाई ध्यान दिइने छैन ।
– प्राप्त हुन आएका नाटकमध्ये बाट उत्कृष्ट तीन नाटकलाई समान नगद रु १५,००० सहित प्रमाणपत्र दिइने छ ।
– समय भन्दा पछाडि प्राप्त भएका नाटक प्रतियोगीतामा सहभागी गराइने छैन ।