गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा

गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा

सान साल्भाडोरः गर्भपतनको आरोपमा जेल परेकी एल साल्भाडोरकी एक महिला १० वर्षपछि रिहा भएकी छन्। मध्य अमेरिकी मुलुक एल साल्भाडोर सरकारले उनलाई १० वर्षपछि जेलमुक्त गरेको हो। 

गर्भ तुहाएको आरोपमा ३० वर्षे काराबासको सजाय सुनाइएकी एल्सी नाम गरेकी ती महिला १० वर्षपछि बुधबार जेलमुक्त भएकी हुन्। काराबासको सजाय पुरा नगरी छुट्ने ती पाँचौं महिला हुन्। 

अन्यायपूर्वक लामो समयसम्म काराबासको सजाय भोग्नुपरेकी एल्सी रिहा हुँदा त्यहाँका महिला अधिकारकर्मीले खुसीयाली मनाएका छन्। १० वर्षे काराबासपछि एल्सीले आफ्नो परिवारका सदस्यसँग भेट गरेकी छन्। 

सन् २०११ जुनमा स्वास्थ्य एवं घरायसी कामको कारण एल्सीको गर्भ तुहिएको थियो। सो समयमा उनी २८ वर्षकी मात्र थिइन्। गर्भ तुहिएपछि स्वास्थ्य एवं मानसिक सहायताको लागि गुहार गरिरहेकी उनलाई जानाजान गर्भपतन गराएको आरोप पक्राउ गरिएको थियो। 

पक्राउपछि उनलाई ३० वर्षका लागि जेल सजाय सुनाइएको थियो। एल साल्भाडोरमा जस्तोसुकै अवस्थामा पनि गर्भपतन भएमा सजाय पाउने व्यवस्था रहेको बताइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.