नेपाल आइडल : उत्कृष्ट नौबाटै बाहिरिए सुरेश (भिडियो)

नेपाल आइडल : उत्कृष्ट नौबाटै बाहिरिए सुरेश (भिडियो)

काठमाडौं : नेपाल आइडल सिजन–४ को बिहीबारको कार्यक्रम लोकगीत विशेष रह्यो। कार्यक्रमको सुरुवातमा भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति श्रद्धासुमन ब्यक्त 

गरिएको थियो। 

अघिल्लो हप्ताको प्रस्तुतिका आधारमा कम भोट ल्याएका सुरेश लामा कार्यक्रमबाट बाहिरिएका छन्। उनी बाहिरिँदै गर्दा कार्यक्रममा केही शुन्यता छाएको थियो। बटम थ्रीमा सुमिन पाख्रिन, विश्वास उप्रेती र सुरेश लामा परेका थिए। 

‘म हार्न र जित्न आएको होइन। म सहभागी हुन आएको हुँ। आफ्नो क्षमता देखाउन आएको हुँ। मैले सक्नेजति देखाएँ। यसैमा खुसी छु’, बाहिरिने क्रममा सुरेशले भने। उनले कार्यक्रमम सुमधुर गीत गाएका थिए। 

बिहीबारको कार्यक्रममा प्रतियोगीहरूले लोक गीत गाएका थिए। लोक गायक तथा संगीतकार वसन्त थापा अतिथिका रुपमा उपस्थित भएका थिए। उनको आगमनसँगै कार्यक्रममा ‘सालको पात टपरी’ बोलको गीत गाएका थिए। यसैगरी कमेडियन बिक्की अग्रवाल पनि अतिथिका रुपमा उपस्थित भएका थिए। आफ्नो रमाइलो प्रस्तुतिमार्फत अग्रवालले दर्शकलाई भरपूर आनन्द दिएका थिए। 

‘नानी त रैछौ सारै बैमानी’ भन्दै मञ्चमा देखिए, भूपेन्द्र थापामगर। स्थानीय भेषभुषामा सजिएर चिटिक्क परेका उनले लोकगीतमा पनि अब्बल प्रस्तुित दिए। यसैगरी ‘बुहारी चाहियो भन्छिन् आमा’ले भन्दै मञ्च तताए नाङ्गेल तामाङले। लक्ष्मी पौडेलले ‘ढाट्या भा मरिजाम’ भन्दै कार्यक्रमबाटै कसम खाइन्। कार्यक्रमको अन्तिममा सुमिन प्राख्रिनले ‘घास काट्ने खुर्केर’ बोलको गीत गाएकी थिइन्। 

नेपाल आइडलका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार नेपाल आइडल सिजन–४ का प्रतियोगीहरूले उत्कृष्ट प्रस्तुति दिइरहेका छन्। हरेकमा विशेष कला र गला देख्न सकिन्छ। आगामी चैतको पहिलो हप्ता नेपाल आइडल सिजन–४ को विजेता घोषणा गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.