भारतीय वन कर्मचारीले टाँगा चलाउन नदिएकोभन्दै नेपाली व्यवसायी चिन्तित

भारतीय वन कर्मचारीले टाँगा चलाउन नदिएकोभन्दै नेपाली व्यवसायी चिन्तित

गुलरिया : नेपाल-भारत सीमावर्ती बर्दियाको गुलरिया-मूर्तिहा सडक खण्डमा भारततर्फ टाँगाहरु चलाउन भारतीय वन रक्षकहरुले अवरोध गरेकोभन्दै नेपाली टाँगा ब्यवसायीहरु चिन्तित बनेका छन्। वर्षौदेखि सीमावर्ती क्षेत्रमा सवारीकारुपमा टाँगा चलाउँदै आएका उनीहरु भारतीय पक्षले एक्कासी टाँगा चलाउन कठिनाई पारेकोभन्दै निर्वाध आवागमन सुचारु गराउन टाँगा ब्यवसायीहरुले माग गरेका छन्।

भारतीय रेञ्जरले विना कारण कुटपिटगर्दै भारतीय क्षेत्रमा टाँगा लैजान नदिएको नेपाली टाँगा ब्यवसायी गुलरिया नगरपालिका-६ निवासी इन्ताज अलि मनिहारले बताए। भारतीय पक्षले नेपालको टाँगा नेपाल लैजाउ भनेर फर्काइ दिए। करिव ४० वर्षदेखि हामीले गुलरिया मूर्तिहा सडक खण्डमा टाँगा चलाएर गुजारा गर्दै आएका छौं।

उनले भने ‘४ दिन देखि निर्वाध सवारी लैजान पाएका छैनौं। टाँगा ब्यवसायीहरु वडखरा, गुड्डुु र नोटलाई पिटेका पनि छन्। कुन कारणले रोकेका हुन् हामीलाई थाहा छैन। हामीले कुनै गल्ती गरेजस्तो पनि लाग्दैन। कुटपिट नगरि टाँगा ब्यवसाय निर्वाध चल्न पाउनु पर्ने मागगर्दै उनले थपे हाम्रो रोजीरोटीको आधार नै टाँगा हो। जसरी हुन्छ हामीलाई सहज रुपमा ब्यवसाय गर्ने बातावरण बनाईदिनु पर्यो भन्दै सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई पनि जानकारी गराएका छौं उहाँले पहल गरिरहेको बुझेका छौं।’ गुलरिया-मूर्तिहा सडकखण्डमा १५ वटा टाँगा (घोंडगाडी) चल्दै आएको मनिहारले जानकारी दिए। 

नेपाली टाँगा ब्यवसायीहरुलाई भारतीय पक्षले रोकावट गरेको सम्बन्धमा भारतीय पक्षसँग कुरा भैरहेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्वर हेडक्वाटर गुलरियाका सशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्द केसीले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसवी) सँग कुनै समस्या छैन। उनले भने भारतीय वन कार्यालयसँग हामीले कुरा बुझ्दा त्यस्तो कुनै रोकावट नभएको जानकारी पाएका छौं। भारतीय पक्षसँग समन्वय भैरहेको छ। नेपाली टाँगा ब्यवसायी र भारतीय वन रक्षक दुवैलाईसँगै राखेर छलफल गर्ने तयारी हाम्रो छ। हामीले छिट्टै समस्या समाधान गर्छौ।

केही दिनअघि गुलरिया नगरपालिका-९ टेपरी गाउँको नेपाल-भारत सीमावर्ती क्षेत्र दशगजामा केही नेपाली र भारतीय वन रक्षक बीच कुटाकुट भएको थियो। भारतीय वनबाट ल्याउने काठ दाउरा सम्बन्धी विवादमा भारतीय पक्ष र नेपाली स्थानीयबीच कुटपिट हुँदा भारतीय वन रक्षक प्रवेश कुमार र उनका सहयोगी राम मिलनको टाउँकोमा चोट लागेको थियो।

बर्दिया अस्पताल गुलरियामा उपचार पश्चात उनीहरु भारत फर्किएका छन्। घटनाबाट संलग्न आरोपमा बर्दिया प्रहरीले नेपाली युवाहरु अजमेर अली, चेतराम चौधरी र विक्की गिरीलाई नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.