आफ्ना विद्यार्थीलाई चीनमा चिकित्साशास्त्र नपढ्न भारतको आग्रह

आफ्ना विद्यार्थीलाई चीनमा चिकित्साशास्त्र नपढ्न भारतको आग्रह

नयाँ दिल्ली : भारतले आफ्ना विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन नगर्न आग्रह गरेको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवम् आयोग (एनएमसी)ले बिहिबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो। 

कोभिड महामारी सुरु भएपछि हालसम्म चीनले विदेशी विद्यार्थी प्रवेशमाथि निरन्तर प्रतिबन्ध लगाएपछि भारतको चिकित्सा निर्देशनालयले सो चेतावनी दिएको हिन्दुस्तान टाइम्समा खबर छ। 

एनएमसीले गएको मंगलबार भारतको परराष्ट्र मन्त्रालयसमक्ष चिकित्सा शिक्षा अध्ययनको लागि चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनीसहितको पत्र पठाएको थियो। मन्त्रालयले बिहिबार सो पत्र स्वीकार गरेपछि चिनियाँ चिकित्साशास्त्र विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई सचेत रहन आग्रह गरिएको बताइएको छ। 

कोभिड १९ महामारी सुरु भएदेखि चीनले विदेशी विद्यार्थीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। तरपनि यतिबेला विभिन्न चिनियाँ विश्वविद्यालयले आगामी वर्षको एमबिबिएस कार्यक्रमको लागि भर्ना हुन विद्यार्थीलाई आवेदन दिन आग्रह गरिरहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.