अमेरिकामा प्रेमीले छोराको हत्या गर्दा प्रेमिका जेलमा

अमेरिकामा प्रेमीले छोराको हत्या गर्दा प्रेमिका जेलमा

ओक्लाहोमा : अमेरिकाको ओक्लाहोमा राज्यमा प्रेमीले प्रेमिकाको छोराको हत्या गर्दा प्रेमिका नै जेल परेकी छन् । प्रेमीले दुई वर्षीय छोराको हत्या गरी सम्पर्कविहीन बनेपछि उनी जेल परेकी हुन् ।

सन् २०२० को नयाँ वर्षको दिनमा सो घटना घटेको थियो । सो समयमा रेबेका होगका दुई वर्षीय छोरा राइडरलाई साथमा लिएर ओक्लाहोमास्थित नजिकैको एक क्यासिनोमा वेइट्रेसको रुपमा काम गर्थिन् । नयाँ वर्षको पार्टी चलिरहेको बेला काममा व्यस्त रहेकी रेबेकाले आफ्ना छोरा राइडरलाई आफू बस्ने घर (जहाँ रेबेका प्रेमीसँगै बस्थिन्)मा प्रेमी क्रिस्टोफरको जिम्मामा छोडेकी थिइन् ।

१२ घण्टापछि कामबाट फर्किएकी रेबेकाले भोलिपल्ट बिहान आफ्नो छोराले श्वास नफरेको थाहा पाएपछि प्रहरी र आफ्ना प्रेमीसँग गुहार मागेकी थिइन् । सो समयमा उनका प्रेमी काममा गएका थिए । रेबेकाको गुहारलगत्तै घटनास्थलमा पुगेको प्रहरीले पीडित बालकलाई अस्पताल पुर्‍याएको थियो भने घटनाको अनुसन्धान अघि बढाएको थियो । अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता प्रहरीले अनुसन्धानमार्फत रेबेकाका छोरालाई उनका प्रेमी ट्रेन्टले कुटपिट गरेको फेला परेको थियो । सोही आधारमा प्रहरीले उनका प्रेमीको खोजी सुरु गरेको थियो । काममा गएका रेबेकाका प्रेमी उतैबाट फरार भएका थिए । यता प्रहरीले भने बच्चाको आमा नै सो घटनाको जिम्मेवार रहेको भन्दै रेबेकालाई पक्राउ गरी केही दिनका लागि हिरासतमा राखेको थियो ।

तर सो घटना भएको चौथो दिन रेबेकाका प्रेमीको शव विचिता पर्वतस्थित एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टि गरेको थियो । आत्महत्या गरेको रुखमा उनका प्रेमीले लेखेको पत्र भेटिएको थियो । सो पत्रमा प्रेमी ट्रेन्टले रेबेका निर्दोष रहेको खुलाएका थिए ।

ट्रेन्टको मृत्युसँगै सो घटनाको अनुसन्धान २९ वर्षीमा प्रेमिका रेबेकातिरै मोडिएको थियो । करिब दुई वर्ष लामो समयसम्म चलेको सो मुद्दामा रेबेका नै प्रेमी र छोराको मृत्युप्रति जिम्मेवार रहेको भन्दै ओक्लाहोमा अदालतले जेल सजाय सुनाएको बीबीसीमा समाचार छ ।

ओक्लाहोमामा आफ्ना सन्तानलाई दुर्व्यवहार हुनबाट बचाउन नसक्ने अभिभावकलाई हत्यारासरह जेल सजाय सुनाइन्छ । आफ्ना सन्तानलाई सुरक्षा दिन नसक्ने अभिभावकलाई अझै पनि विभिन्न अमेरिकी राज्यले कडा कानूनी व्यवस्था लागु गर्दै आएका छन् । 

पछिल्लो समय रेबेकाको मुद्दाले स्थानीय सञ्चारमाध्यम र महिला अधिकारकर्मीको ध्यान तानेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.