फरार प्रतिवादी पक्राउ
मलंगवा : चोरी मुद्धामा एक महिना कैद र ६० हजार जरिवाना गरिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-११ बस्ने ३५ वर्षीय बुधन भनेर चिनिने शेष हमिद रहेको जिल्ला प्रहरी कार्यायल सर्लाहीले जनाएको छ। बुधन घरमा रहेको खबर पाएपछि प्रहरीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।
जिल्ला अदालत सर्लाहीको २०७४ साल पुष ९ गतेको फैसला अनुसार चोरी मुद्धामा बुधनलाई एक महिना कैद तथा ६० हजार जरिवाना तोकिएको थियो। पक्राउ परेका बुधनलाई कैद जरिवाना असुर उपरको लागि जिल्ला अदालत सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ।