पानी फ्याक्ट्रीमा आगलागी हुँदा लाखौंको क्षति

पानी फ्याक्ट्रीमा आगलागी हुँदा लाखौंको क्षति

मलंगवा : सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीमा रहेको पानी फ्याक्ट्रीमा आगलागी हुदाँ लाखौंको धनमाल जलेर नष्ट भएको छ।

विद्युतको तार सर्ट भई आगलगी हुदाँ पानी फ्याक्ट्रीमा रहेको ३ वटा मेशिन र नगद जलेर खरानी बनेको छ। ३ वटा मेशिनको अनुमानित मूल्य २० लाख नगद ३ लाख ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

आगलगीमा परि कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिएका छन्। 

आगोलाई स्थानियबासी र प्रहरीको सहयोगमा ३० मिनेटपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.