लोकलयमा नेपाल आइडल

लोकलयमा नेपाल आइडल

काठमाडौं : नेपाल आइडलको शुक्रबारीय शृंखला लोकभाका विशेष रह्यो। परम्परागत भेषभुषा र नेपाली पोसाकमा सजिएका प्रतियोगीले लोकभाकामा पनि अब्बल प्रस्तुति दिएर प्रशंसा बटुले। सुरुआतमा अतिथि शान्तीश्री परियारले ‘गलबन्दी च्यातियो तिमीले तानेर’ गाएकी थिइन्। 

त्यसपछि भने कार्यक्रमका निर्णायकले प्रस्तुति दिए। दौरा, सुरुवालमा सजिएका सुगम पोखरेलले लोकगीत गाएर सबैलाई चकित बनाए। यसपछि भने शुवानी मोक्तानले आधुनिक गीत सुनाइन्। ‘उनकै छोरी तरुनी हामीलाई केको दोष’ भन्दै मञ्चमा उक्लिएका थिएँ रञ्जित नेपाली। कुमार बस्नेतको स्वरमा रहेको  गीत गाएर दर्शक नचाए। 

बेनिशा पौडेलले ‘कुरा बुझ्नुपर्छ’ प्रस्तुत गरिन्। कालो चोली र रातो सारीमा सजिएकी उनले नाच्दै प्रस्तुति दिइन्। ‘ड्राइभरलाई छ सलाम, माया जाउँ हिँड रेलैमा’ बोलको गीतमा आफूलाई प्रस्तुत गरे, विश्वास उप्रेतीले। रकपप जनरामा चिनिएका उप्रेतीले लोकगीतलाई पनि भरपुर रमाइलो तरिकाले गाए। 

कार्यक्रमको अन्तिममा आदेश पौडेलले प्रस्तुति दिए। उनले ‘आकाशैमा कालो बादल’ गाएका थिए। वाइल्ड कार्ड इन्ट्रीमार्फत कन्देन लिम्बूले नेपाल आइडलमा पुनः सहभागी हुने मौका पाए। यस हप्ताको परफरमर अफ दी विक भूपेन्द्र थापामगरले प्राप्त गरे।  एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल नेपालकै  लोकप्रिय सांगीतिक कार्यक्रम हो। 

यो नेपाली सांगीतिक इतिहासकै पहिलो फेन्चाइज रियालिटी सो हो। नेपाल आइडलमा निर्देशक तथा प्रोजेक्ट हेडको जिम्मेवारी सम्हालेका छन्, सुरेश पौडेलले। निर्देशक पौडेलका अनुसार चैतको पहिलो हप्ता नेपाल आइडल सिजन-४ को विजेता घोषणा गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.