सेतीदोभान पुल ३ महिनाभित्र

सेतीदोभान पुल ३ महिनाभित्र

स्याङ्जा : आँधीखोला–५ र ६ जोड्ने निर्माणाधीन सेतीदोभानको पक्की पुल तीन महिनामा बन्ने भएको छ। आठ वर्षदेखि अलपत्र पुल बनाउन निर्माण व्यवसायी र सडक डिभिजनबीच लिखित सहमति भएको हो। 

सहमतिपछि मंगलबारबाटै निर्माण सुचारु भएको छ। कान्छाराम आशिष जेबीले २०७१ असोजमा निर्माणको जिम्मा लिएको थियो। २०७३ असोजमा सक्नुपर्ने पुलको निर्माण पाँच महिनापछि रोकियो। हालसम्म आधा पनि काम नभएको गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए। ‘निर्माण व्यवसायी र सडक कार्यालय दुवैको लापरबाहीले पुल बन्न नसकेको हो,’ पौडेलले भने, ‘त्यहाँ पुल नबन्दा स्थानीयले सास्ती पाइरहेका छन्।’ अब तोकिएको समयमै पुल बन्ने उनको विश्वास छ। 

सडक डिभिजनले डिजाइन नदिने तर बनेपछि भत्काएर दुःख दिएकाले पुल निर्माणमा कठिनाइ भएको निर्माण व्यवसायी ऋषिराम गौतमले बताए। ‘बनाउन थाल्छु, आएर भत्काइहाल्छन्,  यो मिलेन, त्यो मिलेन भन्छन्।’ उनले भने, ‘पटकपटक पुल भत्काउँदै बनाउँदा लाखौं रुपैयाँ नोक्सान भएको छ।’ तीन महिनाभित्र पुल बनेर सञ्चालनमा आउने सडक डिभिजन पोखराका डिभिजनल इन्जिनियर पारसमणि हमालले बताए। 

४० मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको पुलको लागत ३ करोड २७ लाख छ। यो पुलले सडकलाई सेतीदोभान बजारसँग जोड्नेछ। ‘अलपत्र हुँदा खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानीमा कठिनाइ छ,’ स्थानीय प्रेमराज पौडेल भन्छन्, ‘पुल सञ्चालनमा आए नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारी पुग्न छोटो मार्ग खुल्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.