मोदी सरकारले भारतमा धर्मनिरपेक्ष र लोकतन्त्रलाई नष्ट गरेको नोम चोम्स्कीको आरोप

मोदी सरकारले भारतमा धर्मनिरपेक्ष र लोकतन्त्रलाई नष्ट गरेको नोम चोम्स्कीको आरोप

नयाँ दिल्ली : अमेरिकी भाषाविद्, दार्शनिक, इतिहासकार, सामाजिक चिन्तक नोम चोम्स्कीले भारतमा कथित इस्लामोफोबिया बढेकोमा चिन्ता व्यक्त गरेका छन्। मोदी सरकारले भारतको धर्मनिरपेक्ष लोकतन्त्रलाई नष्ट गरेको उनले आरोप लगाए।

प्रोफेसर नोम चोम्स्कीले 'भारतमा घृणायुक्त भाषण र हिंसाको बिग्रँदै गएको अवस्था' मा विशेष छलफलको क्रममा यी टिप्पणी गरेका हुन्। भारतमा साम्प्रदायिकताको मुद्दामा अमेरिकी प्रवासी संगठनहरूले एक महिनामा तेस्रो पटक यो छलफल आयोजना गरेका थिए।

उनले भने, ‘पश्चिममा इस्लामोफोबियाको प्रभाव बढ्दै गएको छ । यसले भारतमा सबैभन्दा घातक रुप धारण गरेको छ। नरेन्द्र मोदी सरकारले भारतीय धर्मनिरपेक्ष लोकतन्त्रलाई व्यवस्थित रूपमा नष्ट गरी हिन्दू राष्ट्रको निर्माण गरिरहेको छ। यसले स्वतन्त्र विचार र मुस्लिम विरुद्धको शिक्षा प्रणालीमा आक्रमणको रूपमा अन्य रूपहरू पनि लिइरहेको छ।'

उनले भने, 'कश्मीरमा अत्याचारको इतिहास छ तर मोदीको दक्षिणपन्थी र राष्ट्रवादी शासनमा यी अत्याचारहरू बढेका छन्।' 

प्रोफेसर चोम्स्की दक्षिण एसियाको अवस्था विशेषगरी दुखद भएको बताए । पाकिस्तानमा पनि यही अवस्था कायम छ। यो भयानक प्रकोपबाट बच्न केही सम्भावित उपायहरू अवलम्बन गर्न सकिन्छ तर त्यो भइरहेको छैन। यो दक्षिण एसियामा मात्रै सीमित नभइ पश्चिमका धनी राष्ट्रहरूको दायित्व पनि हो ।'

यस छलफलमा नोम चोम्स्की सहभागी हुने बताइएको थियो। तर  उनले भिडियो रेकर्डिङमार्फत सन्देश पठाए ।

 नोम चोम्स्की एक प्रसिद्ध चिन्तक र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका एमेरिटस हुन्। अमेरिकामा बस्ने प्रोफेसर नोम चोम्स्कीलाई अमेरिकाको वामपन्थी राजनीतिक शिविरमा एक प्रमुख बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छ। तर, उनी आफैं यो कुराको खण्डन गर्छन् । उनी आफूलाई उदार समाजवादी ठान्छन्।

पछिल्लो समय भारतको कर्नाटकमा हिजाब विवाद चर्किएपछि भारतीय र अन्य मिडियामा उक्त घटनाको चर्चा चलिरहेको छ। सोही घटनाको बारेमा विभिन्न व्यक्तिले आफ्ना धारणा राखिरहेका छन्। यसै क्रममा चोम्स्कीले पनि भारतमा मोलाइरहेको हिन्दु मुसलमा विवादको बारेमा सो कार्यक्रममा आफ्ना धारणा राखेका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.