सामूहिक व्रतबन्धमा नेपाल र भारतका ५५ बटुक सहभागी

सामूहिक व्रतबन्धमा नेपाल र भारतका ५५ बटुक सहभागी

विराटनगर: प्रदेश १ को राजधानी विराटनगर मैथिल ब्राहमण बटुकहरुको सामूहिक व्रतबन्धन (उपनयन) सम्पन भएको छ। मैथिल ब्राहमन सभा युवा समिति विराटनगर मोरङले आयोजना गरेको सो सामुहिक ब्रतबन्धन (उपनयन ) सम्पन भएको हो।

सामूहिक ब्रतबन्धन (उपनयन)मा नेपाल र भारतका ५५ जना मैथिल बुटुक (बरुवा)को सहभागिता रहेको आयोजन संस्थाका अध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिए। मोरङको कटहरी गाउँपालिका स्थित गोपलफनपार्कमा आयोजनागरिएको ब्रतन्धनमा नेपालको काठमाडौं, विरगञ्ज, जनकपुर, सर्लाही, सप्तरीको हनुमाननगर नगरपालिका। छिन्नमस्ता गाउँपालिकासहित राजविराज, सुनसरीको धरान नगरपालिका र विराटनगरका बटुकहरुको सहभागिता रहेको  थियो भने भारतको विहारको फारविसगञ्ज, कटिहार, मधुवनी, सिपोल र दरभङ्गनाको बटुकहरुको सहभागिता रहेको थियो। 

बुटुकसँगै उनका आफन्तहरुको ठूलो सहभागिता रहेको सो ब्रतबन्धमा लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोरेका थिए। एकलरुपमा मिथिला सँस्कृतिअनुसार ब्रतबन्धन (उपनयन) गर्दा प्रति बटुक (बरुवा) दुईदेखि ४ खर्च लाग्ने भएकाले खर्चिलो बन्दै गएको ब्रतबन्धनलाई सहज बनाउन सामूहिकरुपमा आयोजना गरेको आयोजका अध्यक्ष मनोजकुमार मिश्रले जानकारी दिए।

गरिब र आर्थिक अवस्था कमजोर भएको मात्रै सहभागी थिएन् अध्यक्ष मिश्रले भने, ‘सहरमा बसोबास गर्दे आएकाले विधिअनुसार गर्न नसकिने भएकाले सामूहिक ब्रतबन्धनमा सहभागी जनाए। आर्थिक अवस्था बलियो भए पनि सहरमा मिथिला विधिअनुसार ब्रतबन्धन गर्न नसकिने भएकाले काठमाडौं र धरानमा मैथिल बटुकहरु सहभागिता जनाएको उनले दाबी गरे। प्रदेश १ मा पहिलो पटक आयोजना भएको सो ब्रतबन्धनमा मधेस प्रदेशसहित सुनसरी र मोरङ र विहार मैथिल ब्राहमण सभाका अगुवाहरुले सहभागिता जनाएका थिए।   

सामूहिक ब्रतबन्धमा सहभागिभएका प्रति बटुकसँग परिवारका १० देखि २० जना सहभागी भएका थिए। उनीहरुलाई दुई दिनसम्म निःशुल्क  बस्न र खानको ब्यवस्थापन गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.