भर केमा पर्ने ?
कहिलेकाहिँ गज्जबको सन्दर्भ पर्छ कि ऊ जसको भर परिरहेको हुन्छ, त्यो व्यक्ति पनि आफ्नो भर परिरहेको हुन्छ। तर, त्यो कुरो थाहा हुँदैन। मानिसले आफूसँग भएको कुरो पनि थाहा पाउँदैन।
एउटा सहरमा केही कारखाना थिए। कारखानामा काम गर्नेहरू कोही सहरमा र कम आम्दानी हुनेहरू सहर बाहिरका काँठ क्षेत्रमा बस्थे। सहरभित्रै बस्ने एक कर्मचारीको कामसँग थप जिम्मेवारी पनि थियो। अर्थात् उनले कर्मचारीहरूको कामको समय सकिएको जनाउ घन्टी बनाउने। जब साँझको पाँच बज्छ, तब मेसिनको स्वीच अन गरेर अर्लाम बजाउँथे।
ती कर्मचारी बिहान कार्यालय निस्कन्थे। उनी बिहान सबेरै काममा जान्थे। उनी काममा जाँदा दैनिक रूपमा बिहान घडी बनाउने पसलअगाडि उभिन्थे। आफ्नो नाडीमा बाँधिएको घडीको सूइँलाई पसलमा भएको घडीमा हेरेर समय मिलाउँथे। घडी बनाउने व्यक्तिले ती व्यक्तिको क्रियाकलाप हरेक दिन नियालिरहेका थिए। मनमनै भन्थे, ‘होइन, यो मान्छे किन सधैं मेरै पसल अगाडि उभिन्छ ? र किन एक पटक मेरो पसलमा हेर्छ ?’
घडी बनाउने व्यक्तिलाई घडी मिलाउने व्यक्तिको क्रियाकलापप्रति उत्सुक हुनु स्वाभाविक पनि थियो। अन्ततः एक दिन उसले ती व्यक्तिलाई सोध्ने निर्णय गरे। भोलिपल्ट पनि त्यसरी नै ती व्यक्ति पसल अघि उभिए। घडी बनाउने पसलबाहिर निस्किए र सोधे, ‘तपाईं जहिले पनि किन यहाँ उभिनु हुन्छ र मेरो पसलमा हेर्नु हुन्छ ?’
ती मानिसले बताए–‘म नजिकैको एउटा कारखानामा काम गर्छु। मेरो काम साँझ पाँच बजे अलार्म बजाएर कर्मचारीलाई तिनलाई कामगर्ने समय सकिएको संकेत दिनु पनि हो। तसर्थ हरेक दिन तपाईंको पसलको घडी हेरेर समय मिलाउँछु।’
घडी बनाउने व्यक्ति ती कर्मचारीको कुरो सुनेर मजाले हाँसे। कर्मचारी अचम्मित भए। के बोलूँ के नबोलूँ ? भए। पसलेले हाँस्दै भने–‘म पनि त हरेक साँझ आफ्नो घडी त्यही कारखानामा बजेको अलार्मबाट मिलाउँछु।’
नैतिक शिक्षा : कहिलेकाहिँ गज्जबको सन्दर्भ पर्छ कि ऊ जसको भर परिरहेको हुन्छ, त्यो व्यक्ति पनि आफ्नो भर परिरहेको हुन्छ। तर, त्यो कुरो थाहा हुँदैन। मानिसले आफूसँग भएको कुरो पनि थाहा पाउँदैन।