गुड्न थाल्यो रेल

गुड्न थाल्यो रेल

जनकपुरधाम : पछिल्लो १७ महिनादेखि त्रिपालमुनी थन्कीएको नेपाल रेल गुड्न थालेको छ। आईतबार इनरुवा स्टेशनबाट कुर्था स्टेशन सम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म बिना यात्री प्रत्येक दिन एकपटक सञ्चालनमा ल्याईने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले बताएका छन्। 

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर-बिजलपुरा-बर्दिबाससम्मको ६९ किलोमिटर रेल मार्ग अन्र्तगत पहिलो चरणमा जयनगर-कुर्थासम्म रेल चलेको छ। 

भारतबाट ८४ करोडमा खरिद गरिएको दुई सेट डेमो रेल सञ्चालन हालका लागि भारतकै चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय ‘जि टु जी’ सम्झौता भएको महाप्रबन्धक झाले बताएका छन्। रेल सञ्चालनका लागि २६ भारतीय कर्मचारीलाई ल्याईने तयारी गरिएको र जसमध्ये चालकसहित १४ जना हाल आईसकेको र अन्यलाई यात्री राखेर सञ्चालन गर्ने बेला ल्याईने महाप्रबन्धक झाले बताएका छन्। 

नेपाली पक्षबाट ५९ जना कर्मचारी हाललाई भर्ना गरिएको छ। जसमध्ये २२ वटा गेटका लागि २५ जना गेटम्यान, कि म्यान, प्वाईन्ट मेन, गेंगम्यान, गेंगम्यान इन्चार्ज, टिकट चेक गर्ने टि.टि, तीनवटा स्टेशन मास्टर रहेका छन्।

लामो समयदेखि थन्कीएको हुँदा रेलका मेशिनरी पार्टहरु सञ्चालनमा समस्या आउन सक्ने हुनाले प्राविधिक चेकजाँचका लागि बिना यात्री केही दिन रेल चलाउन लागिएको महाप्रबन्धक झाले बताए। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा संचालन सुरु हुनेछ। ‘औपचारिकरुपमा उद्घाटन भएपछि यात्रु ओसारपोसार गर्नुपर्ने हुन्छ र त्यस्तोमा यदि कुनै समस्या आएर रेल बन्द भयो भने त्यो निकै असहज हुने हुँदा पहिला केही दिन चलाएर चेक गर्न लागेका छौं,’ महाप्रबन्धक झाले अन्नपूर्णकर्मीसँग भने, ‘अर्को कारण जनचेतनाका लागि पनि बिना यात्रु रेल सञ्चालन गर्न लागेका छौं। 

रेलको ट्रयाक पर्ने स्थानीय तहका जनप्रतिनीधिहरुसँग छलफल गरेर ट्रयाकमै लाग्ने गरेको हाटबजारहरु हटाउन अनुरोध गरेका छौं। र सर्वसाधारणलाई पनि अब रेल चल्न थाल्यो अनावश्यक पटरीमा घुमफिर नगरौं भन्ने जानकारी होस् त्यसका लागि पनि चलाउन लागेका छौं।’

‘औपचारिक उद्घाटनका लागि फागुनको दोस्रो साताको समय दिईएको छ अबको केही दिनमै रेलमा यात्रा गर्ने धोको सबैका लागि पूरा हुनेछ।’

एक पटकमा १३ सय यात्री ओसार पोसार गर्न सकिने क्षमता भएको डेमो रेलको जयनगरदेखि कुर्थासम्मको भाडा ७० रुपैयाँतय गरिएको छ भने वातानुकूलित बगिमा बसेर यात्रा गर्न प्रतियात्रु ३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.