भारतीय आरक्ष संरक्षण गर्दै सीमावर्ती नेपाली

भारतीय आरक्ष संरक्षण गर्दै सीमावर्ती नेपाली

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका-९ नेपाल–भारत सीमावर्ती टेपरी गाउँका स्थानीयहरु दाउरा, घाँस लगायतका प्राकृतिक श्रोत साधनका लागि भारतीय बनमा परनिर्भर छन्। नेपालतर्फ जंगल नहुँदा उनीहरु भारतीय बनमा आश्रित हुनु परेको छ। 

हातमा हँसियाँ, कम्मरमा नाम्लो लिएर साथीसँगै दशगजामा भेटिएकी गुलरिया नगरपालिका-९ टेपरी गाउँ निवासी ५५ वर्षीय जुनी गुरुङले भनिन्, ‘नेपालमा जंगल नहुँदा सीमावर्ती भारतको जंगलमा दाउरा, घाँस लिन जानुपर्छ। सजिलै पाईदैन। भारतीय बन रक्षकहरुलाई खुशी बनाएर केही मात्रामा प्राकृतिक श्रोतहरु ल्याउँछौ। सजिलै त कहाँ ल्याउन पाईन्छ र कहिले काँही त गाली पनि खानुपर्छ। जंगलमा हामीले जनावरलाई जिस्काउँदैनौ, लखेट्दैनौ जनावर आफ्नो बाटो लागेपछि घाँसपात ल्याउँछौ।’

‘ठूला विरुवाहरु नोक्सान पनि गर्दैनौ।’ उनले थपिन् ‘खसेका साना तिना हाँगा विँगा ल्याउने हो। सास्ती खेपेरै ल्याउँछौ। बोटविरुवाको मायाँ लाग्छ। आफ्नो गाउँमा जंगल छैन। सानो तिनो झरापरा घाँस दाउरा ल्याउन भारत सरकारले सजिलो बनाईदिए पनि हुन्थ्यो’ घाँसदाउरा ल्याउँदाको डरत्रास सम्झिदैँ उनले भनिन्। कित नेपाल सरकारले नेपाल तर्फ सामुदायिक वन बनाउन सार्वजनिक जमिन उपलब्ध गराईदिए पनि हुन्थ्यो।

बर्दियाको भारतीय सीमातर्फ कर्तनियाघाट वाईल्डलाईफ सेन्चुरी पर्छ। भारतकै किशनपुर वाईल्ड लाईफ सेन्चुरी र दुधवा नेशनल पार्कसँग कर्तनियाघाट जोडिएको छ। नेपालको खाता जैविकमार्ग हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडीन्छ। यी क्षेत्रहरु लोपोन्मुख पाटेबाघको बासस्थान क्षेत्र हो। बर्दियाको बाघ भारतमा र भारतका बाघ नेपालमा विचरण गर्ने मनोरम क्षेत्र मानिन्छ। 

हामी सीमावर्ती क्षेत्रमा बस्छौं। सीमा रक्षा गर्छौ। तर भारतीय सुरक्षाकर्मीहरुको हेपाई खानु पर्छ। टेपरी गाउँ निवासी रत्नप्रसाद देवकोटाले भने नेपालको सीमा क्षेत्रमा बस्छौं तर हाम्रो जमिनको स्थायी लालपुर्जा छैन। २६ बर्षदेखि बसोवासगर्दै आएका छौं नेपाल सरकारले कुनै वास्ता गर्दैन। वोर्डरमा सिभिल सेनाका रुपमा हामी छौं तर राज्यले सम्मान गरेन। प्रायजसो भारतीय पक्षहरुसँग सीमाका साना तिना झगडा भैरहन्छन्। उनले थपे गाउँमा करिव ५ सय घरका ४ हजार परिवार ०५२ सालदेखि वसोवासगर्दै आएका छौं। 

आफूहरु निम्न वर्गिय सुकुम्वासी भएकाले पनि राज्यले वेवास्ता गरेको उनीहरुले महशुस गर्न थालेका छन्। नेपाल तर्फ बन जंगल नहुँदा वनपैदावारका लागि भारतीय जंगलमा आश्रित हुनु परेको पिडा उनले सुनाए। वस्तीमा धेरै पिडा छन्। भारतीय जंगलमा घाँसदाउरा लिन जाने महिलाहरुलाई पक्रन्छन्। जरिवाना तिराउँछन्। उनीहरुको धेरै वेईजत सहनुपर्छ। सरकारले पहल गरी नेपालतर्फ वृक्षारोपण गरी बनक्षेत्र बनाए हामीलाई धेरै सहज हुन्थ्यो उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.