मौसम खुलेपछिको पाथीभरा मन्दिर (तस्बिरहरु)

मौसम खुलेपछिको पाथीभरा मन्दिर (तस्बिरहरु)

ताप्लेजुङ : एकसाता बढीको हिमपात र मौसममा आएको खराबीपछि ताप्लेजुङको आकाश खुलेको छ। मौषममा सुधार भएसँगै प्रसिद्ध तिर्थस्थल पाथीभरामा दर्शन गर्न आउनेहरुको संख्या पनि बढ्न थालेको छ। समुद्री सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाईमा अवस्थित पाथीभरा मन्दिर अहिले हिउँले ढाकिएको छ। यसवर्ष सधैको वर्षमा भन्दा बढी हिउँ परेको मन्दिरका पूजारी डिल्ली आर्चायले बताए। ‘गतवर्षमा भन्दा यसवर्ष लामो समयसम्म हिउँ झर्यो, यो हिउँ पग्लिएर सकिन अझै चैत्रसम्म लाग्छ ।’ पूजारी आर्चायले भने।

हिमपाताको समयमा पाभीभरा मन्दिरको दर्शनसंगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने भएकाले तरुण उमेर समूहका दर्शनार्थीहरु बढि आउने गरेको स्थानीय होटल व्यवसायी राजेन्द्र महत बताउँछन्। हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न रमाईलो अनुभव भएको झापाबाट दर्शनका लागि आएका सुशिल दाहालले सुनाए। 

सेताम्मे हिउँ पर्दा कठ्याङ्ग्रीदो जाडोमा परे पनि हिउँ खेल्न पाउँदा भने मक्ख देखिन्छन्। धेरैजसो दर्शनार्थीहरू हिउँ परेको दृश्य क्यामरामा कैद गर्न तल्लीन देखिन्छन्। हिउँले यहाँका बाटाघाटा सेताम्मे भएका छन् भने घर र मठमन्दिरसमेत हिउँमय देखिन्छ। मन्दिर पुग्ने सिँढी समेत बाक्लो हिउँले ढाके पनि आउनेजानेको दोहोरीलता देख्न सकिन्छ। लामो समयपछि हिउँ पर्दा चिसो बढे पनि डाँडाकाँडा र हिमाल हिउँले ढाकिएको दृश्यले सबैलाई सबैलाई मन्त्रमुग्ध बनाए झैँ देखिन्छ। हिउँ परेका कारण हिड्न कठिन हुने वृद्धवृद्धाहरूलाई भरियाले बोकेर दर्शन गराइरहेका छन् भने हिड्नेहरूसमेत लौराको सहायताले मन्दिरसम्म पुग्ने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.