युक्रेन विवाद : अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेन विवाद : अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीबीच फोनवार्ता

काठमाडौं : युक्रेनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले फोनवार्ता गरेका छन्। फोनवार्तापछि अमेरिका र यूकेका नेताहरूले युक्रेन सङ्कटको कूटनीतिक समाधानका लागि सबै आशाहरू मरिनसकेको जनाएका छन्। तर उनीहरूले अवस्था नाजुक रहेको भन्दै सजग गराएका छन्।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ४० मिनेट फोनवार्ता गरेका थिए। रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनी बीच पनि बाइडन र जोनसनले सम्झौता अझै सम्भव रहेकोमा सहमति जनाएका छन्। ब्रिटिश प्रधानमन्त्रीले बाइडनसँग यस सङ्कटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका थिए। बाइडनले पनि ब्रिटिश सहायताविना केही नगर्ने बाचा गरेको बताइएको छ।

सोमबार रुसी विदेशमन्त्रीले पनि 'कूटनीतिबाट आफूहरू नथाकेको' बताएका छन्। युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आक्रमण हुनसक्ने भनेको बुधबारलाई युक्रेनी एकताको दिनका रूपमा मनाउने घोषणा गरेका छन्। अमेरिकी सूचनाले रुसले उक्त दिन हमला गर्न सक्ने भनेपछि जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै त्यसो भनेका हुन्। उनले युक्रेनले शान्ति चाहेको तर उसँग बलियो सेना समेत भएको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले शान्त रहन आग्रह गर्दै सार्वजनिक अभिव्यक्तिहरूले तनाव चर्काउन नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.