फेब्रुअरी १६ मा रूसले आक्रमण गर्न सक्छ : युक्रेनी राष्ट्रपति

फेब्रुअरी १६ मा रूसले आक्रमण गर्न सक्छ : युक्रेनी राष्ट्रपति

युक्रेन : युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा भएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै भनेका छन्, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।' उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्। यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमा नजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीबीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनमा कूटनीतिक छलफललाई तीव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हासिल गर्न सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा 'छिटो र गम्भीर लागत' लाग्ने बताएका थिए।

बाइडेन प्रशासनका अधिकारीले युक्रेनमाथि 'अब कुनै पनि दिन' आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.